काठमाडौं । ५८ दिनपछि शुरु भएको उडानको पहिलो दिन नै सकारात्मक सन्देश गएको छ । कोरोना महामारीपछि निषेध भएको आन्तरिक हवाई उडान बिहीबारबाट सूचारु भएको हो । पहिलो दिन ९० प्रतिशत भन्दामाथि सिट भरेर जहाज उडेको कम्पनीहरुले जनाएका छन् ।
बुध्द एयरका सेल्स एण्ड मार्केटिङ निर्देशक रुपेश जोशीका अनुसार आज पहिलो दिन कम्पनीमा ३५ सय बुकिङ भएको छ । यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार यतिका जहाजमा समेत ९० प्रतिशत भन्दा माथिको औसतः अक्कुपेन्सी देखिएको छ ।
सिमरा, विराटनगर, भद्रपुरजस्ता विमानस्थलबाट काठमाडौं आउने जहाजहरुको सिट भरिभराउ थियो । तर, काठमाडौंबाट बाहिरिने जहाजमा भने केही कम यात्रु थिए । औसतःमा ९० प्रतिशत यात्रु भरिएको उनले जानकारी दिए । लामो समयपछि खुलेको हवाई यात्रा सार्वजनिक बसको तुलनामा सुरक्षित हुने भएकाले समेत यात्रुको आकर्षण देखिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १७ असार २०७८, १९ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हुम्लाबाट हुने प्रत्येक उडानमा बिरामीलाई दुई टिकट अनिवार्य
रेसुंगा विमानस्थलबाट सातामा तीन पटक उडान हुने
वायु प्रदुषणका कारण उडानहरु प्रभावित
बाक्लो तुवाँलोले त्रिभुवन विमानस्थलमा उडान प्रभावित
भोजपुरमा ३ महिनापछि उडान शुरू
पोखरा-छेन्दु आजदेखि नियमित उडान