वर्षाले नारायणगढ–हेटौडा सडक खण्ड अन्तर्गत चितवनको एक पक्की पुल भत्कायो, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

सफल खबर संवाददाता

विहीबार, १७ असार २०७८, ११ : २७
वर्षाले नारायणगढ–हेटौडा सडक खण्ड अन्तर्गत चितवनको एक पक्की पुल भत्कायो, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

चितवन । अविरल वर्षाका कारण पुर्व–पश्चिम राजमार्ग अन्तर्गत चितवनमा रहेको एक पक्की पुल भत्काएको छ । पुर्वी चितवनको खैरहनी र राप्तीको सिमामा पर्ने लदरी खोलामा आएको बाढीले धुसरी पक्की पुल भत्काएको हो । पुल भत्किदा अहिले आवतजावत ठप्प भएको छ । 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उक्त पुल १० बजे तिर खोलाले भत्काएको हो । अहिले लदरी खोलो पूर्वपश्चिम राजमार्गमा हुदैं  बस्तीतर्फ छिर्न थालेपछि स्थानीय त्रसित भएका छन्।

लगातारको वर्षाले यहाँका राप्ती, बुढीराप्ती, लदरी, कयर र लोथर खोलामा बाढी आउँदा पूर्वी चितवनको जनजीवन प्रभावित बन्न थालेको छ।बुढी राप्ती खोलामा आएको बाढीले सौराहा र आसपासका क्षेत्र प्रभावित बनेका छन् ।

खोलोले रत्ननगर ८ बाघमारास्थित रमाइलो बस्तीका २१ घर डुबानमा परेका छन्। त्यहाँका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ। यस्तै, रतननगर ७ का मैनाहा र मालपुरमा पनि बाढी पसेको छ।

 

प्रतिक्रिया दिनुहोस