काठमाडौं । विभाजन उन्मुख पुगेका नेकपा एमालेका ओली र माधव समुहका नेताहरु पुनः पार्टी एकताका लागि छलफलमा जुटेका छन् । दुवै समुहका दोश्रो तहका नेताहरु ललितपुरस्थित एक होटलमा आज बिहान ८ बजेदेखि छलफलमा जुटेका हुन् ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीले बुधबार एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठक बसि पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काउने निर्णय गरेसँगै दोश्रो तहका नेताहरु छलफलमा जुटेका हुन् ।
उनीहरु यस अघि हिजो पनि छलफलमा जुटेका थिए । श्रोतका अनुसार ओली समूहका तर्फबाट सुवास नेम्वाङ, बिष्णु पौडेल र शंकर पोखरेल सहभागी छन् भने खनाल नेपाल समूहबाट घनश्याम भुसाल, गोकर्ण बिष्ट, भीम आचार्य र सुरेन्द्र पाण्डे छन्।
नेताहरुका अनुसार छलफल सकारात्मक भए पनि सहमतिको विन्दु फेला पर्न सकेको छैन् । दशौं महाधिवेशन आयोजक कमिटि नै अवैध रहेकाले त्यसले गरेको निर्णय अवैध भएको भन्दै खनालनेपाल समूहका नेताहरूले भने बुधबारको निर्णय जाली र षडयन्त्रपूर्ण भएकोले आफुहरुलाई मान्य नहुने धारणा सार्वजनिक गरिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १७ असार २०७८, ०९ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेले गर्यो प्रदेश कमिटी र विभागमा मनोनयन, को-को परे ? (सूचीसहित)
२५ बुँदे साझा प्रतिबद्धता पारित गर्दै एमाले वाग्मती प्रदेश कमिटीको प्रशिक्षण सम्पन्न
हाम्रो कार्यक्रम कसैको विरोधमा होइन : एमाले
राइड सेयरिङको भाडादरको विषय संसद्मा उठ्यो
एमालेले भन्यो- डा.बद्री केसी नेतृत्वको एनआरएनए नै वैध हो, परराष्ट्र मन्त्रीको निर्णय अवैध
शिक्षक आन्दोलनलाई सरकार ढाल्ने अस्त्र बनाउने प्रयास भयो : एमाले