काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रैबाट विरोधीसँगको साठगाँठबाट सरकारलाई बदनाम गर्ने खेल भएको बताएका छन।
प्रधानमन्त्री निबास बालुवाटारमा बुधबार बसेको आयोजक कमिटीको अन्तिम बैठकलाई सम्बोधन गर्दै ओलीले पार्टीलाई गलत ढंगले कब्जा गर्ने र विरोधीसँगको साठगाँठबाट सरकारलाई बदनाम गर्ने खेल भएको बताए ।
उनले बिकासको काममा जुटेको प्रधानमन्त्रीको राजीनामा माग गरेपछि मुलुक अस्थिरतातर्फ जाने अवस्था पैदा भएको जिकिर गरे । ओलीले पार्टीभित्रको एकतालाई जोगाउन अधिकतम लचकता अपनाएपनि अर्को पक्षले त्यसलाई आफू अनुकुल प्रयोग मात्र गरेको तर्क गरे ।
एमाले राष्ट्र हाक्ने जिम्मेवारी बोकेको पार्टी भएकाले पार्टी भित्रको समस्यालाई राष्ट्रिय समस्याका रुपमा लिएको उनले बताए । प्रधानमन्त्री ओलीले एमाले नेतृत्वको सरकारले अभूतपूर्व ढंगले बिकास निर्माणका साथै शान्ति सुरक्षा तथा जनताका लागि काम गरेको तर गलत प्रचार हुँदा जनतामा निराशा छाउनु स्वभाविक भएको धारणा राखे ।
त्यस्तै, उनले मुलुकमा भ्रष्टचार नियन्त्रण गरेर देखाएको र अन्य मुलुकसँगको सम्बन्ध सुमधुर बनाएको दाबी गरे । त्यस्तै प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाले देश हाक्न सक्ने अवस्था नदेखिइएपछि बिघटन गर्न बाध्य भएको उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ असार २०७८, १५ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हामीले भारत-पाकिस्तानलाई संयमित हुन आग्रह गर्यौँ, नभन्दै युद्ध रोकियो: प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओली लुम्बिनीमा
नयाँ ढङ्गले मल कारखाना खोलिनेछ : प्रधानमन्त्री ओली
‘पूर्वाधार क्षेत्रका सबै परियोजनाको पुनः प्राथमिकीकरण गरिएको छ’: प्रधानमन्त्री ओली
‘सहमतिका आधारमा संविधान संशोधनको प्रक्रिया थालिने’: प्रधानमन्त्री ओली
सरकारको नीति तथा कार्यक्रममा प्रधानमन्त्रीको १५ बुँदे ब्रिफिङ