लोकतन्त्रको लाभलाई जनस्तरसम्म पुर्याउनुनै आजको आवश्यकता हो : सभामुख सापकोटा

सफल खबर संवाददाता

बुधबार, १६ असार २०७८, १२ : २०
लोकतन्त्रको लाभलाई जनस्तरसम्म पुर्याउनुनै आजको आवश्यकता हो : सभामुख सापकोटा

काठमाडौं ।  सभामुख अग्निप्रसाद सापकोटाले  मौलिक ढंगले संसदीय परिपाटीको सञ्चालन गर्दै संसदलाई जीवन्त र जनमुखी बनाई लोकतन्त्रको विकास, विस्तार र सुदृढीकरण गरी लोकतन्त्रको लाभलाई जनस्तरसम्म पुर्याउनु आजको आवश्यकता भएको बताएका छन् ।

बुधबार संसद दिवस २०७८ को अवसरमा शुभकामना सन्देश जारी गर्दै सभामुख सापकोटाले ‘संघ, प्रदेश र स्थानीय तहमा संसदीय अभ्यासलाई प्रभावकारी बनाउने दिशामा अघि बढ्दा मात्रै अनगिन्ती संघर्ष र आन्दोलनका बलमा निर्मित संविधान अनुरुप राज्य पुनर्संरचना र संघीय शासन प्रणालीको कार्यान्वयनमा बल पुग्ने बताए ।

वि .सं २०१६ साल असार १६ गते नेपालमा संसदको पहिलो बैठक बसेको दिनको स्मरणमा हरेक वर्ष यस दिन संसद दिवस मनाउने गरिएको छ ।यस बर्ष भने संसद दिवस मनाउँदै गर्दा चौतर्फी संकट बेहोरिरहनु परेको सभामुख सापकोटाले बताएका छन् ।

‘गहिरिँदो राजनीतिक संकटका बीच हामी मौसम जन्य विपत्तिको पनि सामना गरिरहेका छौं । संविधान सभामार्फत जनताका प्रतिनिधिले बनाएको संविधानको कार्यान्वयनको क्रममा प्रतिनिधि सभामाथिको पटक पटकको हमलाले संसद र संसदीय शासन प्रणालीमाथि नै प्रहारको आशंका उत्पन्न भएको छ’, शुभकामना सन्देशमा सभामुख सापकोटाले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस