शिक्षा मन्त्री श्रेष्ठ रुपा सुनार प्रकरणमा प्रष्टिकरण दिन पुगे मानव अधिकार आयोग

सफल खबर संवाददाता

बुधबार, १६ असार २०७८, १२ : ०१
शिक्षा मन्त्री श्रेष्ठ रुपा सुनार प्रकरणमा प्रष्टिकरण दिन पुगे मानव अधिकार आयोग

काठमाडौं । रूपा सुनार प्रकरणमा विवादित बनेका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ राष्ट्रिय मानव अधिकार आयोग पुगेका छन् । रूपा सुनार प्रकरणमा उनलाई आयोगले बोलाएपछि  बुधबार बिहान उनी आयोग पुगेका हुन्। 

पत्रकार रूपा सुनारलाई जातका आधारमा कोठा नदिएको आरोपमा पक्राउ परेकी घरबेटी सरस्वती प्रधान रिहा हुँदा मन्त्रीले ‘लिफ्ट’ दिएको भन्दै श्रेष्ठको चौतर्फी आलोचना भइरहेका बेला उनी आयोग पुगेका हुन्। 

आयोगले शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठसँग रुपा सुनार प्रकरणमा स्पष्टिकरण सोधेको छ। आयोगका एक आयुक्तले नाम उल्लेख नगर्ने सर्तमा उक्त प्रकरणमा मन्त्री श्रेष्ठले स्पष्ट शब्दमा माफी नमागेपनि गल्ती महसुस गरेको जस्तो गर्नुभयो जस्तो गरेको बताए । 

मन्त्री श्रेष्ठ झण्डावाल गाडीसहित प्रहरी कार्यालय पुगेर प्रधानलाई सोही गाडीमा उनको घरसम्म ‘लिफ्ट’ दिएका थिए। जातिय छूवाछूत र भेदभावलाई प्रश्रय हुनेगरी मन्त्रीले काम गरेको भन्दै उनको आलोचना भइरहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले समेत यस विषयमा मन्त्री श्रेष्ठसँग अब आईन्दा यस्तो कार्य नगर्न सचेत गराएका छन् । 
 

प्रतिक्रिया दिनुहोस