चिकित्सा शिक्षा आयोगले एकीकृत प्रवेश परीक्षा लिने

सफल खबर संवाददाता

बुधबार, १६ असार २०७८, ११ : ४४
चिकित्सा शिक्षा आयोगले एकीकृत प्रवेश परीक्षा लिने

काठमाडौं । चिकित्सा शिक्षा आयोग सानोठिमी भक्तपुरले शैक्षिक सत्र २०७७ /७८ का विभिन्न शैक्षिक कार्यक्रमका लागि लिइने एकीकृत प्रवेश परीक्षा साउनमा गर्ने भएको छ ।

स्नातक तह एम.बि.बि.एस, बिडिएस लगायत शैक्षिक कार्यक्रमको प्रवेश परीक्षा साउन दोस्रो सातादेखि गर्न लागिएको आयोगले जानकारी दिएको छ । गत चैत ३ गते प्रकाशित सूचनाअनुसार अनलाइन आवेदन दिएकाहरूले प्रवेश परीक्षा दिन पाउनेछन् ।

परीक्षार्थी आफैँले छनौट गरेका परीक्षा केन्द्रमा परीक्षा दिन पाउने व्यवस्थापन मिलाइएको छ । परीक्षा केन्द्र छनौटमा छुटेका परीक्षार्थीका हकमा काठमाडौं परीक्षा केन्द्र नै कायम गरिएका छन् ।

प्रवेश पत्र परीक्षा सुरू हुनुभन्दा ५ दिनअगाडि परीक्षार्थीले अनलाइनबाट प्रिन्ट गर्नुपर्ने नियम लागु गरिएको छ । परीक्षार्थीले ७२ घण्टाभित्रको पिसिआर रिपोर्ट बुझाउनुपर्ने छ ।

पोजेटिभ रिपोर्ट देखिए पनि भौतिक दुरी कायम गरेर परीक्षा दिन पाइनेछ । विदेशी विद्यार्थीका हकमा सात दिन क्वारेन्टिन बस्नुपर्ने नियम लागु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस