बुटवल । रूपन्देहीको देवदहमा सवारी दुर्घटनामा परि त्रिभुवन विश्वविद्यालय खेलकूद निर्देशनालयका निर्देशक सहप्राध्यापक शंकर भण्डारीको निधन भएको छ । दुर्घटनामा परे लगत्तै उपचारका लागि अस्पताल पु¥याए लगत्तै उनको मृत्यु भएको थियो ।
रूपन्देहीको तिलोत्तमा वडा नम्बर २ योगिकुटीका ५२ वर्षीय भण्डारी नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीका भाइ हुन् । रूपन्देही देवदह वडा नम्बर १० चरङ्गेबाट बुटवलतर्फ आउँदै गर्दा आफैँले चलाएको बा १७ च ६०६६ नम्बरको कार दुर्घटना परेको प्रहरीले जनाएको छ ।
उनले चलाएको कार सडक छेउको कल्भर्टमा ठक्कर खाएर पानी तालिएको रहमा खसेको थियो। मंगलबार बेलुकी करिब साढे ८ बजेतिर उक्त दुर्घटना भएको थियो । दुर्घटनालगत्तै उनलाई बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पताल लगे पनि चिकित्सकहरूले मृत घोषणा गरेका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ असार २०७८, ०९ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना
ट्रकको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते
रौतहटमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएपछि सडक अवरुद्ध
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा १३ जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु