दाङमा बुधबारदेखि सार्वजनिक यातायात सञ्चालन हुने

सफल खबर संवाददाता

मंगलबार, १५ असार २०७८, १६ : ००
दाङमा बुधबारदेखि सार्वजनिक यातायात सञ्चालन हुने

दाङ।  दाङमा भोलि बुधबारदेखि सार्वजनिक यातायात चल्ने भएका छन्। जिल्ला प्रशासन कार्यालय दाङमा मंगलबार बसेको कोरोना संकट व्यवस्थापन समितिको बैठकले स्वास्थ्य मापदण्ड अपनाएर सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको हो।

बैठकले जिल्लामा एक हप्ता लकडाउन थप्दै असार २२ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ। सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय भएपछि भोलि बुधबारदेखि लागू हुने गरी निजी र सार्वजनिक सवारीसाधन जिल्लाभित्र चल्न पाउने प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङ्वाङले जानकारी दिए।

जिल्लामा सरकारी कार्यालय, बैंक र बित्तीय सस्थामा कार्यालय अवधिभर बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म खुल्ने भएका छन्। त्यस्तै दाङको बजार दैनिक रुपमा बेलुकी ६ बजेसम्म खोल्ने निर्णय भएको प्रजिअ कुरुम्बाङ्गले बताए।

प्रतिक्रिया दिनुहोस