घिउ खाँदा के फाइदा हुन्छ ? जान्नुहोस्, ८ फाइदा

एजेन्सी

सोमबार, १४ असार २०७८, १३ : ३२
घिउ खाँदा के फाइदा हुन्छ ? जान्नुहोस्, ८ फाइदा

काठमाडौं । भातमा एक चम्चा घिउ मात्र थपिएदिए स्वाद दोब्बर बढ्छ । अरु कतिपय खानेकुराको स्वाद र गुणवत्ता बढाउन पनि काइदा हुन्छ, घिउ । भनिन्छ, घिउले खानेकुरालाई शुद्धिकरण गर्छ । हाम्रा पितापूर्खाहरुले खानाका साथ घिउ सेवनलाई अनिवार्य मान्दै आए । त्यसैले घरमा गाइबस्तु पालेरै भएपनि घिउ खानुपर्छ भन्ने मान्यता रह्यो । ‘घिउ खाए, जिउ लाग्छ’ भन्ने जस्ता उक्ति नै छ । धार्मिक अनुष्ठानमा समेत घिउ अनिवार्य मानिन्छ । 

तर, अहिले घिउ खानका लागि गाइबस्तु नै पाल्नुपर्छ भन्ने छैन । बजारमा तयारी घिउ पाइन्छन् । यसरी उपलब्ध घिउ कति गुणस्तरिय हो ? यसमा भने शंका गर्नुपर्ने हुन्छ । किनभने शुद्ध र ताजा घिउ मात्र स्वास्थ्यका लागि लाभदायक छ ।

त्यसो त अहिले कोलोस्टोर, उच्च रक्तचाप जस्ता दीर्घ रोगका कारण धेरैले घिउको सेवन गर्न डराउँछन् । घिउले कतै हानी गर्ने त होइन ? यसैगरी कतिपयले मोटोपन बढ्ने भयले घिउ खाँदैनन् । के वास्तवमा कतिपय दीर्घ रोगमा वा मोटोपनमा घिउ सेवन उपयुक्त हुन्न ?

हृदयरोग भएका वा मोटोपन भएकाहरु घिउ खान डराउँछन् । आयुर्वेदमा भने घिउलाई औषधि मानिन्छ र यसले मोटोपन नियन्त्रणमा समेत सहयोग गर्ने बताइन्छ । घिउलाई सबैभन्दा प्राचिन सात्विक आहारदेखि सर्वदोष निवारण गर्ने खानेकुराको रुपमा समेत लिइन्छ । कलेजो र मिर्गौलालाई स्वस्थ राख्न समेत घिउ उपयुक्त हुन्छ ।

घिउमा स्थिर सेचुरेटेटड तत्व अधिक हुन्छ जसबाट पि|m रेडिकल्स निस्कने आशंका एकदमै कम हुन्छ । घिउमा भएको चिल्लोपन शरीरमा सजिलै पच्छ ।

घिउमाथि गरिएको सोधबाट के थाहा भएको छ भने यसले रक्त र आन्द्रामा रहेको कोलेस्टोल कम गर्छ । यस्तो किन हुन्छ भने घिउबाट बाइलरी लिपिड स्राव हुन्छ । यो नाडी प्रणाली र मस्तिष्कका लागि समेत श्रेष्ठ औषधि मानिन्छ ।

यस्तै केही समयअघि अमेरिकन शोधकर्ताहरुले घिउको विषयमा केही अध्ययन गरेका थिए । शोधकर्ताका अनुसार स्वस्थ्य जनवारमा गरिएको एक परीक्षणबाट घिउले नकारात्मक असर नगर्ने देखियो । घिउयुक्त खानेकुराबाट हृदयरोग एवं कोलेस्टोर नबढ्ने उक्त अध्ययनमा पाइयो ।

स्वस्थ्य र तन्दुरुस्तीका लागि घिउलाई एक पौष्टिक आहारको रुपमा लिइएको छ । आयुर्वेदमा यसलाई मोटोपन नियन्त्रणका लागि समेत प्रयोग गर्न सकिने उल्लेख छ । साथसाथै मांशपेशी बलियो बनाउन समेत घिउ जरुरी हुने बताइन्छ । घिउमा क्यालोरी, सेचुरेटेड फ्याट, क्याल्सियम, भिटामिन र प्रोटिन पाइन्छन् ।

गाई एवं भैसीको दुधलाई उमालेर, जमाएर दही बनाइन्छ । दहीलाई मथेर घिउ निकालिन्छ । घिउलाई अत्यान्तै तागतिलो र शुद्ध मानिन्छ ।

घिउ सेवनका अनेक फाइदा छन् ।

१ घिउले स्किनलाई स्वस्थ राख्नुका साथै मेमोरी पावरमा पनि सकारात्मक प्रभाव पार्छ ।

२ कब्जियतका बिरामीलाई घिउ निकै फइदाजनक हुन्छ । यसले स्किनमा चमक ल्याउनुका साथै जोर्नीमा घर्षण उत्पन्न गर्छ । जसले गर्दा हिँडडुल गर्न सहज हुन्छ ।

३ घिउले शरीरको प्रतिरक्षा प्रणालीलाई पनि बलियो बनाउन मद्दत गर्छ ।

४ यसले मुटुलाई स्वस्थ राख्ने र क्यान्सरको खतरालाई घटाउनेसमेत काम गर्छ ।

५ यसले शरीरमा भिटामिन डी एब्जर्भ गर्ने वातावरण सिर्जना गर्छ । जसकारण पनि घिउ महत्वपूर्ण छ ।

६ घिउले रगतमा चिनीलाई रेगुलेट गर्नुका साथै मेटाबलिक डिसअर्डरको खतरालाई कम गर्छ ।

७ घिउको सेवनले मधुमेह र मोटोपनको समस्या हटाउन पनि मद्दत गर्छ । घिउले शरीरलाई रिल्याक्स गराउनुका साथै आरामदायी निद्रामा सहयोग पु९याउँछ ।

८ घिउलाई जुनसुकै तरिकाले प्रयोग गर्न सकिन्छ । डिप फ्राई, तरकारी, दाल–रोटी र परौठा बनाउन यसको प्रयोग गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस