युरो २०२० : बेल्जियम क्वाटरफाइनल प्रवेश, पोर्चुगल बाहिरियो

एजेन्सी

सोमबार, १४ असार २०७८, ०९ : ५८
युरो २०२० : बेल्जियम क्वाटरफाइनल प्रवेश, पोर्चुगल बाहिरियो

एजेन्सी । युरो २०२० मा पोर्चुगललाई १–० ले हराएर बेल्जियमले क्वाटरफाइनलको यात्रा तय गरेको छ । थ्रोगन हेजार्डको गोलको मद्दतले सुन्दर जित बेल्जियमले निकाल्दा डिफेन्डिङ च्याम्पियन पोर्चुगल भने प्रतियोगिताबाट बाहिरिएको छ ।

अब अन्तिम आठमा फिफा वरीयताको नम्बर १ टिम बेल्जियमको सामना इटालीसँग हुनेछ । हेजार्डले ४२औं मिनेटमा पेनाल्टी एरियाबाहिरबाट उत्कृष्ट गोल गरेका हुन् । पोर्चुगलका लागि क्रिस्टियानो रोनाल्डो खासै चम्कन सकेनन् ।

पहिलो हाफमा उनले फ्रिकिकको अवसर पाए पनि त्यो निर्णायक हुन सकेन । यस क्रममा ३६ वर्षीय रोनाल्डोको सर्वाधिक अन्तर्राष्ट्रिय गोलको कीर्तिमान बनाउने सपना पनि पूरा हुन सकेन । इटालीको सामना गर्नुअगाडि बेल्जियमका लागि एडेन हेजार्डको चोट भने चिन्ताको विषय हुनेछ । उनी चोट बोक्दै दोस्रो हाफमा मैदान छाड्न बाध्य भएका थिए ।

प्रतिक्रिया दिनुहोस