काठमाडौं । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ । गौरीगङ्गा नगरपालिका– ३ कुचैनीमा पूर्वबाट पश्चिमतर्फ गइरहेको से २ प ६४६७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा धनगढी उपमहानगरपालिका–१७ धुर्जना शिविरका २८ वर्षीय मोटरसाइकल चालक सीताराम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकेन्द्रसिंह गुरुका अनुसार चौधरी सवार मोटरसाइकल आफैैँ अनियन्त्रित भई सडक छेउमै रहेको विद्युत्को पोलमा ठोक्किन जाँदा दुर्घटना भएको थियो ।


प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, १३ असार २०७८, २१ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोटरसाइकल आपसमा ठोकिँदा एक जनाको मृत्यु, दुईजना घाइते
चितवनमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
मोटरसाइकल दुर्घटना स्थलमा युवकको शव फेला
गिरिबन्धु टि-स्टेट नजिक मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु
दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु
रुपन्देहीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु