युरो कप : पोर्चुगल र बेल्जियमबीच भिडन्त हुने

सफल खबर संवाददाता

आइतबार, १३ असार २०७८, १९ : ०३
युरो कप : पोर्चुगल र बेल्जियमबीच भिडन्त हुने

काठमाडौं । युरो कप २०२० को क्‍वार्टरफाइनल प्रवेशका लागि आज बेल्जियम र पोर्चुगल भिड्ने भएका छन् । नेपाली समयअनुसार आइतबार राति १२ :४५ बजेदखि खेल सुरु हुने छ । यो खेलको नतिजामा धेरैले प्रतिस्पर्धात्मक हुने अड्कलबाजी गरिरहेका छन् ।

किनकी यी दुवै टोली उत्कृष्ट टोली हुन् । बेल्जियम विश्व वरियताको एक नम्बरमा रहेको टोली हो भने बेल्जियम युरोपक कपको साविक विजेता हो । स्पेनको सेभियामा हुने खेललाई आकर्षक खेलाडीहरु पोर्तुगलका कप्तान क्रिस्टियानो रोनाल्डो र बेल्जियन फरवार्ड रोमेलु लुकाकुका धेरै फ्यानको साथ छ । जारी युरो कपमा रोनाल्डो र लुकाकु उत्कृष्ट लयमा छन् ।

उनीहहरु गोल्डेन बुटको दावेदारी प्रस्तुत गरिरहेका छन् । जारी युरो कपमा रोनाल्डोले तीन खेलमा पाँच गोल गरिसकेका छन् भने लुकाकुले पनि तीन गोल गरेका छन् ।

बेल्जियमले समूह ‘बी’ शतप्रतिशत जित निकाल्दै अन्तिम १६ मा प्रवेश गरेका टिम हो भने समूह चरणको खेलमा बेल्जियमले रसियालाई ३-०, डेनमार्कलाई २-१ ले तथा फिनल्यान्डलाई २-० ले पराजित गरेको थियो ।

उता पोर्चुगलले भने ३ खेल मध्ये १ मा जित, १ मा हार र १ खेलमा बराबरी खेलेको थियो । उसले पहिलो खेलमा हंगेरीलाई ३-० ले पराजित गर्दा दोस्रो खेलमा जर्मनीसँग ४-२ को हार बेहोरेको थियो । अन्तिम खेलमा विश्वविजेता फ्रान्सलाई २-२ गोलको बराबरीमा रोक्न सफल हुँदै अन्तिम १६ मा प्रवेश गरेको थियो ।

प्रतिक्रिया दिनुहोस