काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड-१९ विरुद्धको भ्याक्सिन आयात गरी जनतालाई उपलब्ध गराउन स्रोतको अभाव नहुने अर्थमन्त्रीले बताएका छन् । नेपाल आर्थिक पत्रकार संघको नवनिर्वाचित कार्य समितिका पदाधिकारीहरुसँगको भेटमा अर्थमन्त्री पौडेलले कोभिड-१९ को लक्षण देखिएका नेपालीको निस्शुल्क परीक्षण र उपचार गरे जसरी नै भ्याक्सिनको आर्थिक दायित्व पनि राज्यले व्यहोर्ने बताए ।
‘भ्याक्सिनमा नागरिकहरुले दायित्व व्यहोर्नु पर्दैन । हामी त्यो तयारीमा छौं, अर्थमन्त्री पौडेलले भने ‘भ्याक्सिन ल्याउनका लागि भ्याक्सिन उत्पादन गरेका देशहरुसँग कुटनीतिक संवाद जारी राखेका छौं ।’ ग्लोबल मार्केटमा भ्याक्सिन उपलब्ध हुनासाथ नेपालमा आयात गर्नेका लागि तयारी भइरहेको जानकारी दिए।
अर्थमन्त्री पौडेलले मापदण्ड अनुसार कोभिड-१९ विरुद्ध फ्रन्टलाइनमा खटिएका र बृद्धबृद्धालाई प्राथमिकता दिने र त्यसपछि सबैलाई भ्याक्सिन उपलब्ध गराएर कोभिड विरुद्धको लडाईलाई निर्णायक बनाउने दिशामा सरकार केन्द्रित रहेको बताए ।
कोभिड-१९ बाट प्रभावित अर्थतन्त्र र जनजीवनलाई पुरानै लयमा फर्काउन र चलाउनमान बनाउन सरकार तयार रहेको उनले बताए ।
‘अर्थतन्त्रलाई सबल, सक्षम र गतिशिल बनाउन सरकारले सम्भव सबै उपाय अवलम्बन गर्छ’ उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ असार २०७८, १७ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वातावरण संरक्षण र प्रदूषण नियन्त्रणमा पौडेल अर्थमन्त्रीको जोड
स्वदेशमै अवसर सिर्जना गर्न सक्षम राजनीतिक नेतृत्व आवश्यक छ: उपप्रधानमन्त्री पौडेल
अर्थमन्त्री र गभर्नरबिच दरारको खोजी गर्नेहरू निराश हुनेछन्: अर्थमन्त्री पौडेल
वित्तीय अनुशासनलाई कडाइका साथ पालना गरिन्छ : अर्थमन्त्री पौडेल
वैदेशिक सहायतालाई प्राथमिकता केन्द्रित गर्छौं :अर्थमन्त्री पौडेल
प्रतिगामी तत्व र राजावादीको कुनै भविष्य छैन : उपप्रधानमन्त्री पौडेल