काठमाडौँ । राप्रपा अध्यक्ष कमल थापाले चुनावको विरोध गर्नेहरुले विदेशीका लागि कम्फर्टेबल सरकार बनाउन खोजेको आरोप लगाएका छन् । उनीहरुको चाहना प्रजातन्त्र र संविधानलाई बलियो बनाउन नभइ बिदेशीलाई कम्फर्टेबल सरकार बनाई भ्रष्टाचार, सर्वसत्तावाद र अस्थिरताको नयाँ श्रृङ्खला चलाउन भएको थापाको जिकिर छ ।
‘प्रतिगमनको त्रास देखाएर चुनावको विरोध गर्नेहरूले प्रजातन्त्र र संविधानलाई बलियो बनाउन होईन, विदेशीलाई कम्फर्टेबल सरकार बनाई भ्रष्टाचार, सर्वसत्तावाद र अस्थिरताको नयाँ श्रृङ्खला चलाउन खोजेका छन्’, थापाले आइतबार भनेका छन् ।
हालको अस्थिरता र संकट समाधानको सहज,प्रजातान्त्रिक र संवैधानिक बाटो चुनाव भएको पनि थापाले दोहोर्याएका छन् ।‘
विद्यमान चुनाव प्रणालीको कारण साधारणतया एउटै दलले पूर्ण बहुमत पाउने सम्भावना कम छ’, उनको भनाइ छ, ‘त्यस अवस्थामा संविधानको धारा ७६ (५) लाई निर्दलीय आधारमा प्रयोग गर्न पाईने नजिर कायम भयो भने भविष्यमा फ्लोरक्रस,पार्टी विभाजन, अपवित्र गठबन्धन र अस्थिरता नियमित र वैधानिक हुनेछ।’
के संविधानको आशय त्यही हो ? भन्दै उनले प्रश्न समेत गरेका छन् । थापा चुनावको पक्षमा निरन्तर उभिँदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ असार २०७८, ०८ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चुनाव प्रचार प्रसारको आज अन्तिम दिन, मध्यरातदेखि मौन अवधि
दलका सभाका कार्यक्रमले बढाउँदै चुनावी लहर
चुनाव नलड्ने पुराना नेताको स्वघोषणा
जरिवाना नतिर्ने राजनीतिक दलको चुनाव लड्नेसम्बन्धी निवेदन खारेज
चुनावको मिति तोकेको सरकारले किन चाहिरहेको छैन राजनीतिक दलसँग सम्वाद ?
क्यानडाको लिबरल पार्टीले जित्यो चुनाव