काठमाडौं । त्रिभुवन विश्वविद्यालयका विभिन्न विभाग र मदन भण्डारी फाउण्डेशनबीच विद्यार्थीलाई अध्ययन र अनुसन्धानका लागि छात्रवृत्ति प्रदान गर्नेसम्बन्धी समझदारी भएको छ ।
फाउण्डेशनद्वारा आज आयोजित ‘जनताको बहुदलीय जनवाद र शिक्षामा अनुसन्धानको महत्व’ विषयक छलफल कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ र विश्वविद्यालयका उपकुलपति प्रा। डा। धर्मकान्त बाँस्कोटाका उपस्थितिमा फाउण्डेशनका सचिव पेम्बा लामा तथा विश्वविद्यालयका विभिन्न विभागका प्रमुखबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
कार्यक्रममा मन्त्री श्रेष्ठले सरकारले फाउण्डेशनले ल्याउने उपर्युक्त योजना र प्रस्तावमा सहकार्य गर्न सक्ने बताए । त्रिविका भौतिक शास्त्रका प्रा डा विनिल अर्यालले नेपालको पुरानो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय विश्वमै रहेका विश्वविद्यालयमध्ये ८००–१००० श्रेणीभित्र पर्न सफल भएको र यो क्रम सुधारोन्मुख रहेको बताए ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, १२ असार २०७८, २१ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच ‘नबिल एसएसई’ सञ्चालनका लागि नवीकरण सम्झौता
त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर तहको भर्ना खुल्यो
त्रिभुवन विश्वविद्यालयको पढाइ छठसम्म बन्द
त्रिविको वार्षिक साधारण सभाबाट ६३ औँ ग्रेस लिष्ट पारित
यो वर्ष त्रिविबाट ग्राजुएट हुँदै ९० हजार विद्यार्थी
सर्वोच्चको आदेशपछि आंशिक प्राध्यापकले खोले त्रिभुवन विश्वविद्यालयको ताला