गण्डकीमा मन्त्रीहरुको कार्यविभाजन : कसले कुन मन्त्रालय पाए ?

सफल खबर संवाददाता

शनिबार, १२ असार २०७८, १५ : ३२
गण्डकीमा मन्त्रीहरुको कार्यविभाजन : कसले कुन मन्त्रालय पाए ?

पोखरा । गण्डकी प्रदेश सरकारमा सहभागी मन्त्रीहरुको कार्यविभाजन पूरा भएको छ । जेठ २९ गते मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलसहित ५ जनाले विना विभागीय मन्त्रीको रुपमा शपथ लिएका थिए।

नेपाली कांग्रेसबाट सरकारमा सहभागी कुमार खड्काले यसअघिकै सामाजिक विकास मन्त्रालय पाएका छन्। माओवादी केन्द्रबाट मन्त्री बनेकी मधुमाया अधिकारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पाएकी छन् । जनता समाजवादी पार्टीका हरिशरण आचार्यले उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय लिएका छन् । 

यसअघि आचार्यसँग मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले अर्थमन्त्रालय दिने गरी सहमती गरेका थिए। स्वतन्त्र सांसद दीपक मनाङेलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ। गण्डकी प्रदेशमा ११ मन्त्रालय छन्। अझै ६ मन्त्रालयमा मन्त्री नियुक्ति गर्न बाँकी छ। अर्थ, भौतिक पूर्वाधार, आन्तरिक मामिला तथा कानुन, कृषि, पर्यटनलगायतका मन्त्रालय भने मुख्यमन्त्री पोखरेलले आफूसँग राखेका छन्।