झापा । जिल्लाको अर्जुनधारा नगरपालिका १ स्थित बिरिङ खोलामा एक पुरुष मृत फेला परेका छन । मृतक अर्जुनधारा ३ निवासी राजकुमार खनाल रहेकोले प्रहरीले जनाएको छ ।
बिहान ८ बजे स्थानीयले पानीमा डुबेको अवस्थामा शव देखेर शनिश्चरे प्रहरी चौकीमा खबर गरेका थिए । प्रहरी चौकी शनिश्चरे र इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले शव पहिचान गर्ने क्रममा ४० बर्षीय खनालको भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए ।
शरीरको माथिल्लो भाग नग्न अवस्थामा स्थानीयले शव देखेका थिए । शुक्रबार राती १० बजेसम्म घरमै रहेका खनाल कतिबजे घरबाट निस्किएको भन्ने थाहा नभएको आफन्तले प्रहरीलाई बताएका छन । घटनाको बिषयमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १२ असार २०७८, १२ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नवलपरासीमा बेवारिसे शव भेटियो
धादिङको त्रिशूली नदीमा २ जनाको शव फेला
सिरहामा पुरुषको शव फेला, हत्याको आशंका
कोठाभित्र युवतीको शव भेटियो
उदयपुरमा दुई जनाको शव फेला
रुसद्वारा १२०० युक्रेनी सैनिकहरूको शव फिर्ता