मेलम्चीको बाढीले बगायो तिनतले पक्की घर

सफल खबर संवाददाता

शनिबार, १२ असार २०७८, ११ : ३२
मेलम्चीको बाढीले बगायो तिनतले पक्की घर

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्चीमा अविरल वर्षापछिको बाढीले एक घर बगाएको छ । शनिबार बिहान मेलम्ची नगरपालिका ११ स्थित इन्दरावती नदीको छेउमा रहेको तीन तले पक्की घर बाढीले बगाएको हो । 

CG Developers Tansen Cement box

एक साताअघि आएको भीषण बाढीकै बेला स्थानीय गोपाल दुलालको सो घर जोखिममा रहेकामा शनिबारको बाढीले भत्किन पुगेको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।  घरपरिवार अन्यत्र स्थानान्तर भइसकेकाले कुनै मानविय क्षति भने भएको छैन ।

प्रतिक्रिया दिनुहोस