मोटरसाइकलबाट खसेर १७ वर्षीय किशोरको मृत्यु

रासस

शुक्रबार, ११ असार २०७८, १५ : ४२
मोटरसाइकलबाट खसेर १७ वर्षीय किशोरको मृत्यु

सांकेतिक तस्वीर

पर्वत । मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वतको कुश्मा नगरपालिका–७ खरेहामा मोटरसाइकलबाट खसेर एक जना किशोरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोदी गाउँपालिका–५ बाजुङका १७ वर्षीय अर्जुन कुँवर छन् ।

मोदीबाट कुश्मातर्फ आउँदै गरेको ग२०प २३०५ नम्बरको मोटरसाइकल खरेहामा आइपुग्दा डिभाइडरमा बिहीबार ठोकिँदा पछिल्लो सिटबाट खसेका कुँवर गम्भीर घाइते भएका थिए ।

उपचारका क्रममा शुक्रबार बिहान गण्डकी अस्पताल पोखरामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस