काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मु कश्मिरलाई दिलदेखि र दिल्लीदेखि नै नजिक बनाउने प्रतिवद्धता जनाएका छन् । जम्मु कश्मिरलाई दिल र दिल्लीदेखि नजिक बनाउनका लागि आवश्यक लोकतान्त्रिक प्रक्रिया पनि अपनाइने उनको भनाई छ ।
प्रधानमन्त्री मोदीले जम्मु कश्मिरका सवै पक्षका नेताहरुसँगको बैठकका क्रममा आपसी सम्वन्धलाई बलियो र सुमधुर बनाउन आफू प्रतिवद्ध रहेको पनि उल्लेख गरेका थिए ।
जम्मु कश्मिरमा हुन बाँकी रहेको क्षेत्रीय तथा संसद निर्वाचन गराउनु केन्द्रीय सरकारको उच्च प्राथमिकताको विषय रहेको पनि उनले स्पष्ट पारे । झण्डै साढे तीन घण्टा भएको बैठकमा जम्मु कश्मिरका १४ नेता सहभागी भएका थिए । उनीहरुका कुरालाई प्रधानमन्त्री मोदीले ध्यानपूर्वक सुनेका थिए ।
भारतको संविधानको धारा ३७० खारेज गरेर जम्मु कश्मिरलाई विषेश दर्ता दिने व्यवस्थाको अन्त्य गरेपछि जम्मु कश्मिरका नेता र केन्द्रीय नेताका बीचमा पहिलो पटक बैठक भएको हो ।
प्रधानमन्त्री मोदीले सन् २०१९ को अगस्टमा भारतको संविधानको धारणा ३७० लाई खारेज गरी जम्मु र कश्मिरलाई दिइएको विषेश दर्ता हटाइएको घोषणा गर्नुभएको थियो । उनीहरुलाई पनि केन्द्रीय सरकार मातहत नै ल्याइएको विषयमा केही विरोध भएपनि कार्यान्वयन भने भइसकेको छ ।
जम्मु र कश्मिरका नेताहरुसँगको छलफल राम्रो भएको भन्दै प्रधानमन्त्री मोदीले खुशी व्यक्त गर्नुभएको समाचारमा जनाइएको छ । जम्मु कश्मिरलाई कसरी अझ राम्रो बनाउने भन्ने बारेमा नेताहरुका बीचमा खुल्ला बहस भएकोले पनि बैठक सन्तोषजनक भएको प्रधानमन्त्री मोदीले बताउनु भएको थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, १० असार २०७८, २१ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जम्मु कश्मीरको विशेषाधिकार छिन्ने मोदीको निर्णयलाई सर्वोच्चले दियो वैधता
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वकै लोकप्रिय नेता
भूकम्पबाट भएको क्षतिप्रति दु:ख व्यक्त गर्दै मोदीले भने - सहयोग गर्न भारत तयार छ
जी– २० मा भेट हुन नपाएका मोदी र पुटिनबीच यसै वर्ष शिखर वार्ताको सम्भावना कति ?
भारतीय प्रधानमन्त्री मोदी र बेलायती समकक्ष ऋषि सुनकबिच द्विपक्षीय भेटवार्ता
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो