कांग्रेसमा जिल्लादेखि केन्द्रसम्म रूपान्तरण आवश्यक छ : युवा नेता नवीनराज पौडेल

सफल खबर संवाददाता

विहीबार, १० असार २०७८, १९ : १२
कांग्रेसमा जिल्लादेखि केन्द्रसम्म रूपान्तरण आवश्यक छ : युवा नेता नवीनराज पौडेल

नेपाली कांग्रेस अहिले आगामी १४ औं महाधिवेशनको तयारीमा जुटेको छ । क्रियाशील सदस्यता वितरण र नवीकरणको काम देशैभरी डिजिटलाईजेलन बिधिबाट गरिएको   छ । सभापति शेरबहादुर देउवा पनि अहिले महाधिबेसन गर्ने पक्षमा प्रतिबद्द देखिन्छन् ।
अहिले नेतृत्वकै कारण कांग्रेस अप्ठेरोमा परेको  र नेतृत्वले प्रभाव पर्नेगरी काम नगरेको आम गुनासो  छ । शेरबहादुर देउबा सभापतिमा फेरि एकपटक दोहोरिन  चाहान्छन् । उनि संगै उनकै पक्षका बिमलेन्द्र निधिलगायत एक दर्जन नेता सभापति बन्ने दौडमा छन् । यता चितवन  काङ्रेस पनि   निर्बाचनमा होमिएको छ । बेला बखत चर्चामा आउने जिल्ला   चितवनमा अहिले  सभापतिमा आधा दर्जन नेता सभापतिमा  उम्मेदवारी  घोषणा गरि जिल्ला दौडाहामा छन् ।

चितवन जिल्ला अहिले भने कम्युनिष्टहरुको हालीमुहाली र दबदबामा छ । नेपाली  कांग्रेसले  सम्पुर्ण चितवनवासीको मन जित्न सकेको छैन । कहिले कसलाई कहिले कसलाई भोट मागेर आफ्नो बर्चस्व भएको जिल्ला  ध्वस्त पारेको आरोप कांगेसको केन्द्रलाई लागेको छ।आगामि महाधिवेशनपछि चितवन  काङ्रेसको भविस्य कस्तो होला त ? पार्टीका एजेन्डा ,योजना भावी रणनीति कस्तो हुनुपर्छ ? कसरी लैजानुपर्छ भन्ने विषयमा चितवन काङ्रेसका जिल्ला सदस्य युवा नेता संचारउद्यमी  नवीनराज पौडेल सँग कुराकानी गरेका छौ प्रस्तुत छ, कांग्रेसको समग्र विषयमा केन्द्रित रहेर पौडेलसँग गरेको कुराकानी । 

नेपाली कांग्रेसलाई महाधिवेशन लागेकै हो त ? तपाईंको भनाई  के छ ?

नेपाली कांग्रेसको महाधिवेशनको गरमागर्मी सुरू भइसकेको छ । अब कोभिडको प्रभाव मत्थर भएसंँगै महाधिवेशन पनि तोकिएकै समयमा हुने  बुझिएको छ। पार्टीमा क्रियाशील सदस्यता वितरण र नवीकरणको काम करिब करिब सकिएको छ तय भएकै मितिमा  महाधिबेसन हुनुपर्छ भन्ने मेरो बुझाई हो  । महाधिवेशन समयमै हुने आशा छ ।

काँग्रेसको महाधिवेशन कस्तो स्वरूपमा होला नेताहरू मिल्ने कुरा पनि आएको छ ?

समयमै महाधिवेशन गर्नुपर्छ भन्ने प्रतिबद्धता सबै नेताहरुले गर्नुभएको छ  । केन्द्रीय सभापतिको पनि छ । समयमै सम्पन्न गर्न कार्यतालिका समेत बनाइएको छ। तीन तहको संरचना अनुरुप अन्तरिम संरचना बनेको छ।  त्यसैले स्वतः महाधिवेसन  हुन्छ । हुनुपर्छ, नत्र कांग्रेसलाई संवैधानिक संकट पर्छ ।

नेतृत्वको होडबाजी छ दोस्रो  पुस्ता  ले नेतृत्व  गर्ने सम्भावना   कत्तिको छ ?

अहिले मुलुकमा पार्टीको भूमिका अत्यन्तै कमजोर  स्थितीमा छ।  कार्यकर्ता धेरै  चिन्तित छन् । अब महाधिवेशनको विकल्प छैन ।  पार्टी बिग्रिएको छ । लथालिंग भएको छ ।  त्यसैले यो पटक सहि नेतृत्व छनौट भयो भने फेरी काङ्रेस जरैदेखि बलियो हुन्छ ।  त्यसको लागि सभापति विवादरहित, निस्कलंकित, बैचारिक क्षमताको हुनुपर्छ ।

अहिले को अवस्थामा धेरै आकांक्षी छ्न्, सस्थापनको र  इतर पक्षको  एउटा एउटा उमेद्वार हुने सम्भावना के छ ?

अहिलेसम्म सबै  प्रचारमा हुनुहुन्छ  को  नेता हुने वा को सभापति  हुने भन्ने पछिको कुरा हो । को निर्वाचनमा सभापति  लड्ने भन्ने त मनोनयन दर्ता गर्ने बेलामा मात्र  थाहा  हुन्छ । सभापितको आकांक्षीमा मात्रै आधा दर्जन नेताको नाम रहेको भन्ने सुनेको छु । अव आन्तरिक रुपमा छलफल भएपछि टुंगो लाग्ला । अहिले यसै भन्न सकिने अवस्था छैन । 

तपाईंको विचारमा अबको कांँग्रेस कस्तो हुनुपर्छ ?

अब कांग्रेसमा तल देखि माथिसम्म रूपान्तरण आबश्यक छ।रूपान्तरण संगै युबा र पाकाको फ्युजन पनि जरूरि छ ।बैचारिक र निष्ठाको अपमान भएको छ । अब बिचार सहित्  गर्बिलो नेतृत्व  सबैले सहज् स्विकार्ने  खालको  हुनुपर्दछ ।युबा युबा भनेर मात्र हुदैन बुढापाकाको अनुभब र युबाको जोश जॅागर मिलाएर राम्रो कांग्रेस बनाउने अभियानमा लाग्नुपर्छ जिल्लादेखि केन्द्रसम्म । गुटउपगुटको अन्त्य गर्नुपर्छ  । सबै नेता कार्यकर्ताको भावना बुझेर पार्टीमा योगदान दिएका, पार्टीप्रति समर्पित र निष्ठावान भएका व्यक्तिलाई स्थान  दिनुपर्छ  भन्ने लाग्छ ।

तपाईंको  पनि चितवन काङ्रेसमा धेरै चर्चा बढेको छ कुन पदमा चुनाब लड्नुहुन्छ ?

धेरै वर्ष पार्टीको केन्द्रिय प्रचार विभाग र संचार समन्वय्मा काम गरें ।  अहिले जिल्ला सदस्य छु अब जिल्लाभरिका साथीभाईको चाहना बुझेर जिल्ला समितिको पदाधिकारी बन्ने प्रयासमा छु  । जिल्ला सचिवमा मेरो दावी रहेको छ । हेरौं समयले कत्तिको साथ दिन्छ । साथीभाईसँग परामर्शमा छु ।