कपिलवस्तु । कपिलवस्तु नगरपालिका-८ पूर्व डिह बेलौहवा बस्ने १८ वर्षीय बिजय बहादुर कुर्मीको हत्या गरेको अभियोगमा ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३२ वर्षीय रमेश काहार, २३ वर्षीय अनिल काहार र २२ वर्षीया बास्मती काहार रहेका छन् ।
सोही ठाउँस्थित पोखरीमा असार ७ गते बिजय मृत अवस्थामा फेला परेको घटनाको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा बिजयको बास्मती काहारसँग अनैतिक सम्बन्ध रहेको, सोही कारण बास्मतीका पति अनिल समेतले १ महिना अगाडि बिजयलाई कुटपिट गरेको, असार ४ गते बिहान अनिल बिवाहबाट फर्केर घरमा आउँदा बिजयलाई आफ्नो कोठामा देखेपछि अनिल, रमेश र बास्मती तीनै जना मिलेर घाँटी कसी तथा कुटपिट गरी हत्या गरेपश्चात पोखरीमा शव फालेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।
उनीहरू उपर जिल्ला अदालत कपिलवस्तुबाट ५ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० असार २०७८, १२ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भक्तपुरमा चक्कु प्रहार गरी एक युवकको हत्या, तीन जना पक्राउ
रड प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा कुमार थापा पक्राउ
युवकले गरे श्रीमतीको हत्या, छोरा पनि घाइते
दैलेखमा खुर्पा प्रहार गरी बुबाले गरे छोराको हत्या
दैलेखमा मादक पदार्थ सेवन गरेका बाबुले गरे आफ्नै छोराको हत्या
राजधानीको थानकोटमा चक्कु प्रहार गरि एक जनाको हत्या