यस्तो रहनेछ आजको मौसम

सफल खबर संवाददाता

विहीबार, १० असार २०७८, ०८ : १८
यस्तो रहनेछ आजको मौसम

काठमाडौं । बिहीबार देशभर मनसुनी वायुको प्रभाव रहनुका साथै दक्षिणी भूभाग नजिक मनसुनी न्युन चापीय रेखा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्यदेखि  पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ। यस्तै गण्डकी र लुम्बिनी प्रदेशका केहि भूभागमा र बागमती प्रदेश, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको छ ।

महाशाखाले बिहीबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने पूर्वानुमान गरेको छ । यस्तै प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरु र बांकी प्रदेशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक९दुई स्थानहरुमा मेघगर्जन र चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना छ। राति  मौसम दिउँसोको जस्तै रहने अनुमान छ ।

प्रतिक्रिया दिनुहोस