नेप्सेमा पहिरो, बजार पूँजीकरण समेत घट्यो

सफल खबर संवाददाता

बुधबार, ०९ असार २०७८, १५ : ३९
नेप्सेमा पहिरो, बजार पूँजीकरण समेत घट्यो

काठमाडौं । सेयर बजार परिसूचक नेप्से ५१.६५ अंकले घटदै २८६२.१८ अंकको विन्दुमा कारोबार बन्द भएको छ । आज २१८ कम्पनीको १ करोड ९४ लाख १७ हजार ५३२ कित्ता सेयर खरिदबिक्रीबाट ८ अर्ब ३६ करोडको कारोबार भएको छ ।

त्यस्तै ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ७.३७ अंकले घटदै ५२८.९७ अंकको विन्दुमा कारोबार बन्द भएको छ ।समूहगत परिसूचकतर्फ १३ वटै समूहगत सुचाङ्क घटेका छन् । जीवन बीमा समूहको सूचाङ्क सबैभन्दा धेरै ३८७.४२ अंकले घटेको छ भने दोस्रो स्थानमा नीर्जीवन बीमा समूहको सव इन्डेक्स २८०.१२ अंकले बढेको छ ।

यसैगरी बैंकिङ समूह २८.५४ अंक, व्यापार समूह ५५.५६ , होटल तथा पर्यटन समूहको ६९.७७ अंक, विकास बैंक समूहको १६०.६६ अंक, उत्पादनमुलुक समूहको १२१.१३ अंक, लघुवित्त समूहको १००.३२ अंक ,वित्त समूहको ६७.४४ अंक र जलविद्युत समूहको ७१.४९ अंकले बढेको छ ।

राधी जलविद्युत कम्पनीका लगानीकर्ता समूहको सबैभन्दा धेरै ९.७१ प्रतिशतले कमाएका छन् भने कालिका पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै ५.६ अंकले गुमाएका छन् । नेपाल पुनर्बीमा कम्पनीले सबैभन्दा धेरै ५४ करोड ३० लाख कारोबार गरेको छ ।

प्रतिक्रिया दिनुहोस