एनआईसी एशिया बैंकको नयाँ शाखा भरतपुरको चोकबजारमा

सोमबार, २६ चैत्र २०७४, १४ : १८

चितवन । एनआईसी एशिया बंैकले भरतपुर महानगरपालिका वडा नम्बर ६ चोकबजारमा आफ्नो शाखा बिस्तार गरेको छ । सोमबार एक कार्यक्रमबीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले रिबन काटेर शाखाको उद्घाटन गर्नु भएको हो ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिका प्रमुख दाहालले जनताप्रति उत्तरदायी भई बैंकलाई सेवामूखी भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो । अर्थतन्त्रको गुणात्मक बृद्धिको लागि वित्तीय क्षेत्रको महत्वपूर्ण भूमिका रहने भएकाले जनताको घर आँगनमा बैकिङ सेवा पुर्याउनु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा बोल्नु हुँदै एनआईसी एशिया बैंकका संचालक समिति सदस्य राजेन्द्रप्रसाद अर्यालले एनआईसी एशिया बैंकले संघीय संरचना अनुसार देशका विभिन्न ठाँउमा आफ्नो शाखा बिस्तार गरिरहेको बताउनु भयो । एनआईसी एशिया बैंक नेपालको अग्रणी बाणिज्य बैकको रुपमा स्थापित भइरहेको यो समयमा बैंकको सेवा नपुगेको ठाउँमा शाखा बिस्तार गरिरहेको जानकारी दिनुभयो ।

एनआइसी एशिया बैंकको १ सय ९२ वटा शाखा, १ सय ९३ एटीएम, ४ वटा एक्स्टेन्सन काउन्टर र ४ वटा शाखारहित बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । बैंकको कूल निक्षेप एक खर्ब ३० अर्ब र कूल कर्जा एक खर्ब ६ अर्ब रुपैयाँ रहेको छ । शाखा उद्घाटन समारोहमा जिल्लाका उद्योगी, व्यापारी, विभिन्न संघसंस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको उपस्थिति रहेको थियो ।


बैंकले आफ्ना ग्राहकहरुलाई रेमिट्यान्स सेवा, ड्राफ्ट, भिसा एटीएम कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरुका साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने सुविधा उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस