चितवन । भरतपुर महानगरले जिल्लामा नै पहिलो पटक जातिय विभेद अन्त्यका लागि छुवाछुत मुक्त अभियान शुरु गरेको छ । विकास र निर्माणमा मुलुकभित्रै फरक पहिचान स्थापित गरेको भरतपुर महानगरले नीतिगत कार्यक्रम नै बनाएर सामाजिक अन्तरघुलनका निम्ती छुवाछुत मुक्त अभियान सुरु गरेको मेयर रेनु दाहालले जानकारी दिईन् ।
‘समाजमा अझै पनि विभेद छ, मेयर दाहालले भनिन्, अब नीतिगत रुपमा सुरु भएको छुवाछुत मुक्त अभियानले जातिय छुवाछुत र विभेद अन्त्य गर्न विशेष योगदान गर्छ। महानगरको दलित तथा सिमान्तकृत वर्ग उत्थान समितिको आयोजनामा एक औपचारिक कार्यक्रम गर्दै मेयर रेनु दाहाल, उपमेयर पार्वती शाह र दलित तथा सिमान्तकृत वर्ग उत्थान समिति भरतपुर महानगरपालिका संयोजक चक्र रुचालले अन्तरजातिय विवाह गर्ने दुई दम्पतीलाई एक–एक लाख नगदसहित सम्मानपत्रले सम्मानित गर्दै अभियानको शुरुवात गरेका छन् ।
सो अवसरमा भरतपुर २७ का उदय सुनार, प्रतिमा गुरुङ सुनार र भरतपुर ६ का दिपक बुढाथोकी, निशा परियार बुढाथोकीलाई सो रकम प्रदान गरेको समिति संयोजक चक्र रुचालले जानकारी गराए । छुवाछूत मुक्त अभियान अन्तरगत अन्तरजातीय विवाह गर्ने दम्पतीलाई प्रोत्साहन स्वरुप सो रकम सहयोग गरिएको संयोजक रुचालले बताए । यस्तै उपमेयर पार्वती शाहले जातिय विभेद र छुवाछुत रहित समाज निर्माणमा महानगरको यो अभियानले मुलुकमा नै नयाँ तरगं ल्याउने विश्वास व्यक्त गरिन् ।
जगतपुर स्वास्थ्य चौकीका जनस्वास्थ्य निरिक्षक उदय सुनार र गुञ्जनगर स्वास्थ्य चौकीमा कार्यरत अनमी प्रतिमा गुरुङ सुनारले ६ वर्ष प्रेम सम्बन्धपछि विवाह गरेका थिए । सो अवसरमा प्रतिमा गुरुङ सुनारले छरछिमेकका कारण आफ्नो परिवारले पूर्ण रुपमा स्वीकार गर्न नसकेको अवस्थामा महानगरको यो सम्मानले समाज परिर्वतनमा ध्यान पुग्ने बताउदैं खुसी व्यक्त गरिन् । उनले बोलेर भन्दा पनि महानगर कामै गरेर अभियान थालेकोमा यसलाई निरन्तरता दिन माग गरिन् । तनहुँ व्यास नगरपालिका वडा नं १ की प्रतिमाले २०७७ सालमा भरतपुर २७ का उदयसंग अन्तरजातिय विवाह गरेका थिए ।
यस्तै अर्का दम्पती दिपक बुढाथोकी र निशा परियार बुढाथोकीले ४ वर्षको प्रेम सम्बन्ध पछि विवाह गरेको बताउदै समाजसँगै स्थानिय सरकारले नै यसरी सम्मान गरेपछि यो अभियानले सार्थकता पाउने भन्दै खुसी साटे । कक्षा ५ मा सम्म बढेका दिपक सवारी चालक हुन् भने उनको श्रीमती कक्षा ११ मा पढ्दै छिन् । निशाले महानगरको अभियान अब गाँउ गाँउमा पु¥याउन आवश्यक रहेको बताईन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ असार २०७८, ११ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुर महानगरले दियो ७ हजार बढीलाई नि:शुल्क सीप तालिम
भरतपुर महानगरको सार्वजनिक सुनुवाई: प्रशंसा, ध्यानाकर्षण र सुझाव !
भरतपुर महानगरमा चार सय ३८ विद्यार्थीलाई छात्रवृत्ति
अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई भरतपुर महानगरको सम्मान
भरतपुर महानगर साहित्य दर्पण–४ र वाङ्मय कोश विमोचन
भरतपुर महानगरद्वारा सीपमूलक तालिममा सहभागी ७७९ जनालाई प्रमाणपत्र वितरण