सर्वोच्चले नै खाईदियो बादलका  ‘बुढाबुढी’ को पद

३२ दिनको अन्तरमै रामबहादुर थापा (बादल) को बुढाबुढीकै मन्त्री पद सर्वोच्चले अन्तरिम आदेश जारी गरेर खोसिदिएको छ

सफल खबर संवाददाता

बुधबार, ०९ असार २०७८, ०९ : १३
सर्वोच्चले नै खाईदियो बादलका  ‘बुढाबुढी’ को पद

काठमाडौं । केपी ओली सरकारमा माओवादी छोडेर एमालेमा प्रवेश गरेका रामबहादुर थापा (बादल) अवसरको पद लिनेमा भाग्यमानी ठहरिएका थिए । आफ्नो पद गुमेपनि आफुपछि उनले ओली नेतृत्वको सरकारमा राजनीति नै छोडेर १० वर्ष बढी समय देखि निष्किृय रहेकी नैनकला थापालाई  सञ्चार जस्तो महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिलाउन सफल भएका थिए ।

तर बादलको बुढाबुढी जोडी यस्तो जोडिका रुपमा दर्ज भएका छन्, जसलाई अदालतले नै अवसरको पदबाट वन्चित गरिदिएको छ । २०७४ फागुनमा नेकपा (माओवादी केन्द) का तर्फबाट बादल पार्टीबाट सरकारमा जाने मन्त्रीहरुको नेतृत्व गर्ने गरी गृहमन्त्रालयको जिम्मेवारी लिएर सरकारमा गएका थिए । यो बचमा एमाले माओवादी एकता भयो । उनी निरन्तर गृहमन्त्रीका रुपमा अडिरहे । तीन वर्ष भन्दा बढी समय उनले गृहमन्त्रीको रुपमा ओली नेतृत्वको सरकारमा रहे ।

२०७७ फागुन २३ मा सर्वोच्च अदालतले एमाले र माओवादीको एकतालाई बदर गरिदियो । त्यसपछि पनि उनी माओवादी छोडेरै गृहमन्त्री पदका लागि एमालेमै रहे । ओलीको संकटमा उनले सधै ओलीलाई साथ दिदै आए । ओलीले पनि प्रचण्ड लगायत माओवादी पंक्ति माथी बादलकै काँधमा बन्दुक राखेर पड्काईरहे । ओलीले केही माओवादीका नेतालाई एमालेतिर ताने । जसमध्येका थिए टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, गौरीशंकर चौधरी, दावा तामाङ , प्रभु साह लगायत । उनीहरुलाई ओलीले मन्त्री पदको बक्सिस दिएर एमालेमा ताने ।

बादलको बुढाबुढी जोडी यस्तो जोडिका रुपमा दर्ज भएका छन्, जसलाई अदालतले नै अवसरको पदबाट वन्चित गरिदिएको छ । २०७४ फागुनमा नेकपा (माओवादी केन्द) का तर्फबाट बादल पार्टीबाट सरकारमा जाने मन्त्रीहरुको नेतृत्व गर्ने गरी गृहमन्त्रालयको जिम्मेवारी लिएर सरकारमा गएका थिए । यो बचमा एमाले माओवादी एकता भयो । उनी निरन्तर गृहमन्त्रीका रुपमा अडिरहे । तीन वर्ष भन्दा बढी समय उनले गृहमन्त्रीको रुपमा ओली नेतृत्वको सरकारमा रहे ।

माओवादीले माओवादी केन्द्रबाट जितेका तर माउ पार्टीमा नफर्केर ओलीतिर बसेका नेताहरुलाई कारवाही गर्यो । उनीहरुको पद गुम्यो । त्यसपछि थापा सहित रायमाझी, भट्ट, साह, चौधरी लगायतको सांसद पद गुम्यो । ओलीले उनीहरुलाई गैह सांसदको रुपमा मन्त्री बनाए । रामबहादुर थापालाई त राष्टि«य सभामा वाग्मती प्रदेशबाट उपचुनावमा एमालेले उम्मेदवार नै बनायो । तर उनलाई एमालेले नै जिताउन सकेन् । एमालेको माधव नेपाल पक्षले उनलाई मत दिन चाहेन् । उनी पराजित भए । संयोग यस्तो रह्यो की उनलार्इ जेठ ६ गते एकैपटक दुई वटा धक्का लाग्यो ।

एउटा सर्वोच्च अदालतले उनलाई गैहसांसदलाई पटक पटक पर्नूनियुक्ति गर्न नमिल्ने भन्दै पदमुक्त गरिदियो । एकैपटक सात जना मन्त्रीको पद गुम्यो । त्यही दिन उनले राष्टि«य सभा चुनाव पनि हारे । त्यसपछि माओवादी छोडेर एमाले प्रवेश गरेका नेताहरु विलखबन्दमा परे । उनीहरुले जसपाको महन्थ राजेन्द्र पक्षलाई सरकारमा ओलीले ल्याउन चाहेपछि आफुहरुलाई सर्वोच्चले अन्तरिम आदेश दिएर रोकेको मन्त्री पदमा अन्तिम निर्णय नआउँदा सम्म क्याविनेट विस्तार नगर्न आग्रह गरे ।

तर ओलीले मानेनन् । उनले पूर्व माओवादी धारका ति नेताहरुसँग दुई जनाको नाम दिन आग्रह गरे । उनीहरुले टेरेनन् । सकेसम्म आफै मन्त्री बन्ने ध्याउन्नमा रहेका ति पूर्व माओवादी धारका नेताहरुले पत्तै पाउन सकेनन् । ओलीले मागेको दुई जनाको नाममा बादलले आफ्नै पत्नी नैनकला थापाको नाम सिफारिस गरे । आफ्नै श्रीमतिलाई मन्त्री बनाउन सिफारिस गरेका बादलले सञ्चारमन्त्री नै दिन पनि ओलीसँग आग्रह गरे । त्यसपछि १०, १२ वर्ष यता घर गृहणीका रुपमा मात्र रहदै आएकी नैनकला थापा सञ्चारमन्त्री बनिन् । पूर्व माओवादी धारकै नेताहरु बादलसँग असन्तुष्ट बने ।

उनीहरुले हिजो माओवादीमा रहँदा पनि बादल आफुहरुको नेता नभएको र अहिले एमालेमा पनि बादल आफुहरुको नेता हुन नसक्ने भन्दै ओलीले गर्ने डिल आफुहरुका लागि मान्य नहुने धारणा पूर्व माओवादी धारका नेताहरुले दिन थाले । बादलले नैनकलालाई मन्त्री बनाएर सरकारी निवास छोड्न नचाहेको सन्देश त्यसवेला गएको थियो ।

तर १८ दिनमै उनको पत्नीको पनि मन्त्री पद गुम्यो । जसरी सर्वोच्चले उनलाई गैहसांसदको रुपमा मन्त्रीका रुपमा पर्नूनियुक्ति दिन नहुने भन्दै अन्तरिम आदेश जारी गरेर जेठ ६ मा आदेश दियो, ठिक एक महिनामै अदालतले अर्को अन्तरिम आदेश जारी गरेर पत्नी नैनकलाको पनि पद खोसिदियो । यसले बादल परिवार विलखबन्दमा परेको छ ।

प्रतिक्रिया दिनुहोस