काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अब कसैलेपनि गल्ती दोहोर्याउन नहुने भन्दै सबैले बेलैमा चेत्नुपर्ने उल्लेख गरेका छन् ।
सामाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै उनले अब संसद पुनर्स्थापना गरेर संविधान र लोकतन्त्र ट्र्याकमा ल्याउन ढिलाइ गर्न नहुनेमा जोड दिदैं अरु देश आफ्ना नागरिकलाई कोभिड खोप जुटाउन व्यस्त रहँदा हामी चाहिं कोही खाल्डो खनिरहने अरू पुरिरहने खेलमै समय–शक्ति खर्चिरहेकोले अब चाहिँ बेलैमा चेत्नुपर्नेमा जोड दिएका छन् ।
उनले भनेका छन्, ‘अरू देश आफ्ना नागरिक सबैलाई छिटो कोभिड खोप जुटाउन व्यस्त छन्,हामी चाहिं कोही खाल्डो खनिरहने अरू पुरिरहने खेलमै समय–शक्ति खर्चने भयौं’।' उनले अब त चेतौं–छिटो संवैधानिक परिषद विधेयक खारेजी र संसद पुनर्स्थापना गरेर संविधान–लोकतन्त्र ट्रयाकमा ल्याऊ, अदालत–दल नागरिकले आआफ्नो धर्म निभाऊॅ’ उल्लेख गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ असार २०७८, ०८ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
डा. बाबुराम भट्टराईलाई पितृशोक
बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी
चुनाव लड्दिनँ भनेका बाबुरामले फेरि किन रोजे गोरखा क्षेत्र नम्बर २ ?
बाबुराम भट्टराई आज भारत जाँदै, यस्तो छ उनको कार्यतालिका
रवि लामिछानेलाई सशर्त रिहाको आदेश स्वागतयोग्य : बाबुराम भट्टराई
बाबुराम, जनार्दन र सन्तोषलगायतले आज पार्टी एकता घोषणा गर्दै