काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अब कसैलेपनि गल्ती दोहोर्याउन नहुने भन्दै सबैले बेलैमा चेत्नुपर्ने उल्लेख गरेका छन् ।
सामाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै उनले अब संसद पुनर्स्थापना गरेर संविधान र लोकतन्त्र ट्र्याकमा ल्याउन ढिलाइ गर्न नहुनेमा जोड दिदैं अरु देश आफ्ना नागरिकलाई कोभिड खोप जुटाउन व्यस्त रहँदा हामी चाहिं कोही खाल्डो खनिरहने अरू पुरिरहने खेलमै समय–शक्ति खर्चिरहेकोले अब चाहिँ बेलैमा चेत्नुपर्नेमा जोड दिएका छन् ।
उनले भनेका छन्, ‘अरू देश आफ्ना नागरिक सबैलाई छिटो कोभिड खोप जुटाउन व्यस्त छन्,हामी चाहिं कोही खाल्डो खनिरहने अरू पुरिरहने खेलमै समय–शक्ति खर्चने भयौं’।' उनले अब त चेतौं–छिटो संवैधानिक परिषद विधेयक खारेजी र संसद पुनर्स्थापना गरेर संविधान–लोकतन्त्र ट्रयाकमा ल्याऊ, अदालत–दल नागरिकले आआफ्नो धर्म निभाऊॅ’ उल्लेख गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ असार २०७८, ०८ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नयाँ राजनीतिक विकल्प तयार गर्न बाबुरामको जोड
जेनजी विद्रोहको परिणाम के हुन्छ, अझै प्रस्ट भइसकेको छैन : बाबुराम भट्टराईले दिए यि चारबुँदे सुझाव
नयाँलाई अवसर दिन हाम्रो पुस्ता बिदा हुनुपर्छ: बाबुराम भट्टराई
सरकारले आफ्नो निष्ठा यथास्थितिमा नभई विद्रोही जेनजीको पक्षमा राख्नुपर्छ : डा. भट्टराई
बाबुराम भट्टराईले बोलाए केन्द्रीय समिति बैठक
अन्तरिम सरकारको नेतृत्वमा सुशीला कार्कीलाई सिफारिस गर्ने जेनजीको निर्णय सकारात्मक : डा भट्टराई