काठमाडौं । काठमाडौँको बालाजुमा बस र मोटरसाइकल ठोकिँदा एकजनाको मृत्यु भएको छ ।
काठमाडौँ महानगरपालिका–१६ स्थित बालाजु सडकमा ना ४ ख ४२२९ नम्बरको बस र बा ७८ प ८३८४ नम्बरको मोटरसाइकल सोमबार राति ठोकिँदा मोटरसाइकलमा सवार गोरखा भीमसेन गाउँपालिका–७ घर भई हाल काठमाडौँको तारकेश्वर नगरपालिका–५ लोलाङ बस्ने २४ वर्षीय लक्ष्मी परियारको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते परियारको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा आज मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक ३४ वर्षीय सिताराम परियारको सोही अस्पतालमा उपचार भइरहेको छ । बस र बस चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, ०८ असार २०७८, १३ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गोरखामा माइक्रोबस दुर्घटनामा हुँदा १७ जना घाइते
लमजुङमा जिप दुर्घटना, दुईको मृत्यु
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना दुई जनाको मृत्यु, एक घाइते
राजस्थानमा सडक दुर्घटना, १५ जनाको मृत्यु
गौरबाट काठमाडौँतर्फ गइरहेको बस चितवनको टिकौलीमा दुर्घटना, ३३ जना घाइते
रोल्पामा जिप दुर्घटना, चालकको मृत्यु, तीन जना घाइते