पुननिर्माणमा बजेटको अभाव हुँदैन : मन्त्री तामाङ

रासस

सोमबार, ०७ असार २०७८, २२ : २६
पुननिर्माणमा बजेटको अभाव हुँदैन : मन्त्री तामाङ

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शेरबहादुर तामाङले मेलाम्ची र हेलम्बुका बाढी पीडितसँग भेट गरेका छन् । यही असार १ मा मेलम्ची खोला र इन्द्रावती नदीमा अकल्पनीय  बाढीले ती क्षेत्रमा अपुरणीय क्षति पु¥याएको थियो ।

 

उनले बाढीबाट थप नदी कटान हुन नदिन बजेटको चिन्ता नगरी काम गर्न सरोकारवाला पक्षलाई निर्देशन दिनुभयो । उनले भने “ पुननिर्माणमा बजेटको अभाव हुँदैन ।

सरकारले पुननिर्माणमा पहिलो प्राथमिकता दिन्छ । ” मन्त्री तामाङले  तत्काल पीडितलाई अस्थायी बसोबासको व्यवस्था मिलाउने गरी काम थाल्न निर्देशन दिए । “पहिलो प्राथमिकता  पीडितलाई अस्थायी बासको व्यवस्था गर्नु हो, स्थायी रुपमा पुनःनिर्माणको काम पनि साथ साथै अघि बढ्छ ।”

प्रतिक्रिया दिनुहोस