काठमाडौं । शेयर बजार परिसूचक नेप्सेमा सोमबार एकैदिन ७१.०६ अंकको गिरावट आएको छ।नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से घटेर २ हजार ८ सय ३४ दशमलब ४ विन्दुमा आईपुगेको छ। यसअघि साताको पहिलो दिन आइतबार पनि ६३ भन्दा बढी अंकले नेप्से घटेको थियो। गत साता नेप्सले ३ हजार विन्दु पार गरेको थियो।
सबै समूहका सूचक घटेका छन्। फाइनान्स र जलविधुत् समूह ५ प्रतिशतभन्दा बढी तथा विकाश बैंक र होटल तथा पर्यटन समूहको सूचक ४ प्रतिशतभन्दा बढीले घटेको छ।
सोमबार कारोबार भएका एक सय ८० वटा कम्पनीको सेयर मुल्य घटेको छ। नेप्सेले एक लाख ३० हजार ३ सय ९७ कारोबार भएकामा ११ अर्ब ८४ करोड ५४ लाख ५४ हजार ६ सय ४ रुपैयाँ बराबरको २ करोड ३० लाख ११ हजार ८ सय २० कित्ता सेयर खरिद विक्री भएको जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०७ असार २०७८, १५ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लगातार चौथो दिन घट्यो सेयर बजार
शेयर बजारमा दोहोरो अङ्कको गिरावट, ९ अर्ब ६३ करोड कारोबार
दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार १० अर्ब २० करोड
दोहोरो अंकले घट्यो नेप्से परिसूचक
सामान्य बढ्यो सेयर बजार, कारोबार ९ अर्ब नजिक
१० अंकले घट्यो सेयर बजार