विपक्षी गठवन्धन बैठकमा माधव नेपालको प्रष्टोक्ति : ‘२ जेठमा फर्किने अमूर्त कुराले अब एमाले एकता सम्भव छैन’

सफल खबर संवाददाता

सोमबार, ०७ असार २०७८, ०८ : ०५
विपक्षी गठवन्धन बैठकमा माधव नेपालको प्रष्टोक्ति : ‘२ जेठमा फर्किने अमूर्त कुराले अब एमाले एकता सम्भव छैन’

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले आफ्नै विचार समुहका दोस्रो तहका नेताहरुले केपी ओली पक्षका नेताहरुसँग चलाईरहेको सम्वाद प्रक्रिया आफुलाई कुनै जानकारी नभएको प्रष्ट पारेका छन् । 

काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा आइतबार साँझ बसेको विपक्षी गठबन्धनका बैठकमा सहभागी हुन नेता भीम रावलसहित पुगेका नेता नेपालले दोस्रो तहका नेताहरुले गरिरहेको बार्ता, सम्वाद र छलफलका विषयमा विचार समुहका नेता आफु भएपनि नेतालाई नै जानकारी नदिई गरिएको छलफलको कुनै अर्थ नहुने बताएका हुन् ।

उनले बैठकमा आफूहरु अहिले कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र बाबुराम पक्ष र राष्टि«य जनमोर्चासहित बनेको गठबन्धनबाट बाहिरिने सम्भावना नरहेको पनि स्पष्ट पारेका छन् । एमालेभित्र अब २०७५ जेष्ठ २ मा फर्किने विषय मात्र छैनन्, त्यसमा फर्किन पनि ओलीले अमूर्त कुरा गरेर आउन खोजेको जस्तो देखिएका छन, तर हामी त्यसरी अलमलिनेपक्षमा छैनौं, नेता नेपालले विपक्षी गठबन्धनको बैठकमा राखेको भनार्इ उदधृत गर्दै एक सहभागी नेताले भने, हामी मिल्न सक्छौँ, तर त्यसको आधार अब जेठ २ मा फर्किनु मात्रै हुने छैन ।

नेपालले ओलीले असम्वैधानिक रुपमा गरेको प्रतिनिधीसभा विघटनको निर्णय फिर्ता लिएर आत्मआलोचना गरेर आएमात्रै एकता सम्भावना रहेको नत्र नरहेको गठबन्धन बैठकमा प्रष्ट बताएका थिए । केही गठबन्धनका नेताहरुले एमालेभित्र दोस्रो तहका नेताहरुले गरिरहेको सम्वाद, प्रदेश १ र वाग्मति प्रदेशमा देखिन थालेको एकता लगायतका विषयमा प्रश्न कोट्याउँदै के हो, अब तपाईहरु गठबन्धन छोडेर ओलीसँगै मिल्न जान खोज्नुभएको हो र ? भन्ने प्रश्न उठाएपछि नेता नेपालले गठबन्धन नछोड्ने प्रतिवद्धता गरेका हुन् ।

अब मुख्य मुद्दा प्रतिनिधिसभा पूर्नस्थापनाको  हो । २ जेठमा फर्किने अमूर्त कुराले हाम्रो एकता सम्भव छैन,’ नेता नेपालले भने, गठबन्धनमा एउटा विश्वासको वातावरण तय गरौँ, एकताबद्ध बनाएर प्रतिगमनको प्रतिवाद गरौँ ।’ यसअघि ३१ जेठमा आफ्नै निवासमा गठबन्धनको बैठक डाकेर नेता नेपालले आफू गठबन्धनमै रहेको सन्देश दिएका थिए ।

त्यसपछि विपक्षी गठवन्धनले केन्द्र देखि स्थानिय तहसम्मै विपक्षीहरुको गठवन्धनलाई अझ मजबुत र बलियो बनाउँदै जाने निर्णय लिएको छ । ओली पक्षका नेताहरुले सम्हालेको बाग्मति र प्रदेश १ सरकारमा पनि विपक्षी गठवन्धनका नेताहरुले मोर्चँ कसरेर ओलीलाई परास्त गर्न हरसम्भव प्रयास गर्ने विषयमा पनि नेताहरु सहमत देखिएका छन् ।

गठबन्धनको काँधमा प्रतिगमन परास्त गर्दै संविधान र लोकतन्त्रको रक्षा गर्ने दायित्व आएको निश्कर्ष विपक्षी गठवन्धनका दलहरुको बैठकले निकालेको छ । बढ्दो बाह्य हस्तक्षेप रोक्नुपर्ने र यसका लागि गठबन्धनलाई थप सुदृढ गर्ने रणनीति वैठकले बनाएको नेताहरुको भनाई छ ।
 

प्रतिक्रिया दिनुहोस