काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले स्थानीय तह र संसदको आगामी चुनावमा सफलता हासिल गर्न र राप्रपालाई अग्रणी शक्ति बनाउन तत्काल पार्टीको महाधिवेशन गर्नुपर्ने धारणा राखेका छन् ।
पार्टीभित्र नेतृत्व हस्तान्तरणको सवाल उठिरहेको बेला थापाले यस्तो बताएका हुन् । तर उनले नेतृत्वमा आफ्नो दावेदावीबारे भने केही खुलाएका छैनन् ।
थापाले ट्वीटरमा लेखेका छन्, ‘स्थानीय तह र संसदको आगामी चुनावमा सफलता हासिल गर्न र राप्रपालाई अग्रणी शक्ति बनाउन पार्टीको महाधिवेशन यथासक्य चाँडो गर्नु जरुरी छ ।
स्वास्थ्य सतर्कता पालना गर्दै अब महाधिवेशनको तयारीमा जुट्नु पर्छ।’उनले जनताले विकल्प खोजिरहेको त्यो विकल्प दिन सक्ने क्षमता राप्रपासँग मात्रै रहेको दावी समेत गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ असार २०७८, २० : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजसंस्था र हिन्दुराष्ट्रलाई बिदेशीको इसारामा एम्बुसमा पारियो : कमल थापा
विपिनका बुवाआमालाई संयुक्त राष्ट्रसङ्घ लैजानु प्रत्युत्पादक हुन सक्छ : कमल थापा
बहुविवाहलाई प्रोत्साहित गर्ने गरी कानुन बनाउनु अनुचित : कमल थापा
मुलुक भ्रष्टाचारको आहालमा डुब्यो, अब राजसंस्था चाहिन्छ : कमल थापा
पत्रकार पाठकलाई पक्राउ पुर्जीप्रति कमल थापाको आपत्ति
'न्यायको नौसिङ हुन्छ भन्थे, हो रहेछ' : कमल थापा