काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले स्थानीय तह र संसदको आगामी चुनावमा सफलता हासिल गर्न र राप्रपालाई अग्रणी शक्ति बनाउन तत्काल पार्टीको महाधिवेशन गर्नुपर्ने धारणा राखेका छन् ।
पार्टीभित्र नेतृत्व हस्तान्तरणको सवाल उठिरहेको बेला थापाले यस्तो बताएका हुन् । तर उनले नेतृत्वमा आफ्नो दावेदावीबारे भने केही खुलाएका छैनन् ।
थापाले ट्वीटरमा लेखेका छन्, ‘स्थानीय तह र संसदको आगामी चुनावमा सफलता हासिल गर्न र राप्रपालाई अग्रणी शक्ति बनाउन पार्टीको महाधिवेशन यथासक्य चाँडो गर्नु जरुरी छ ।
स्वास्थ्य सतर्कता पालना गर्दै अब महाधिवेशनको तयारीमा जुट्नु पर्छ।’उनले जनताले विकल्प खोजिरहेको त्यो विकल्प दिन सक्ने क्षमता राप्रपासँग मात्रै रहेको दावी समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ असार २०७८, २० : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालेन सरकार प्रतिशोधको बाटोमा लाग्यो : कमल थापा
हार स्वीकार्दै कमल थापाले दिए रास्वपाका सस्मित पोखरेललाई बधाई
चुनावको बेला पूर्ण रूपमा यातायात बन्द गर्ने कुरा उपयुक्त होइन: कमल थापा
‘पुरानै घरमा रमाइलो अनुभूति गरिरहेको छु’ : कमल थापा
हेटौँडामा डोजर चलाएकोप्रति थापाको टिप्पणी- ‘कानुनी राज्यको नांगो उपहास’
मधेस प्रदेशको उदाहरण दिँदै कमल थापाले भने–प्रदेश संरचना तत्काल खारेज गरिनु पर्छ