काठमाडौं । साताको पहिलो दिन आइतबार ६३.२८ अंकले घटेको छ।नेप्से २ हजार ९ सय ५ दशमलब १४ विन्दुमा झरेको छ। गत साता तीन हजार नाघेको नेप्से नेपाल धितोपत्र बोर्डले लगानी जोखिम रहेको भन्दै ५२ वटा कम्पनीको सूची निकालेपछि लगातार ओरालो लागिरहेको छ।
आइतबार सबै समूहको सूचक पनि घटेको छ। विकाश बैंक, जल विधुत्, नन लाइफ इन्सुरेन्स, लाइफ इन्सुरेन्स, लघुवित्तलगायतका सूचक कम्तिमा एक सय अंकले घटेका छन्। जलविधुत् र फाइनान्सका सूचक ३ प्रतिशतभन्दा बढीले घटेको छ।
नेप्सेका अनुसार साताको पहिलो दिन एक लाख २८ हजार २ सय ८१ कारोबारमा २ करोड ७३ लाख ४४ हजार ५ सय ११ कित्ता सेयर खरिद विक्री भएको छ भने त्यसमा ११ अर्ब ८१ करोड ९४ लाख २८ हजार २ सय ८९ रुपैयाँको कारोबार भएको छ। २८ वटा कम्पनीको सेयर मुल्य ५ प्रतिशतभन्दा बढीले घटेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ असार २०७८, १५ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्सेमा दाहाेराे अंककाे गिरावट !
सेयर बजार १ प्रतिशत बढ्यो, ११ अर्ब ४१ करोडको कारोबार
सेयर बजार उच्चतम अंकमा, ९ अर्ब ६८ करोडको कारोबार
नेप्से परिसूचक २७०० माथि, कारोबार रकम ७ अर्ब ४५ करोड
नेप्से परिसूचक झिनो अंकले घट्यो
घट्यो सेयर बजार