कास्की । कांग्रेसले अर्थ मन्त्रालय आफैं राख्न खोजेपछि गण्डकी प्रदेशमा सरकार बनाउँदाको गठबन्धनमा दरार आएको छ। दुई सांसद भएको जसपासँग कांग्रेसले अर्थ मन्त्रालयसहित दुई मन्त्रालय दिने सहमति गरेको थियो । तर जसपाले शुक्रबार विश्वासको मत लिएपछि कांग्रेसले सहमति तोडेको आरोप लगाएको छ ।
जनता समाजवादी पार्टीले सहमति अनुसार मन्त्रालय नपाए सरकारलाई दिएको समर्थन फिर्ता लिनेसम्मको चेतावनी दिएको छ। २ सभासद भएको जसपासँग कांग्रेसले अर्थसहित २ मन्त्री दिने सहमति गरेको थियो। जसपाले अडान नछाडेपछि गण्डकी सरकारको मन्त्रीपरिषद् विस्तार र जिम्मेवारी बाँडफाँडको लागि बसेको बैठक निस्कर्षविहीन बनेको छ।
जसपाले शुक्रबार विश्वासको मत लिएपछि कांग्रेसले सहमति तोडेको आरोप लगाएको छ। कांग्रेसले चाहिँ जसपाको आफैँ सर्वेसर्वा हुँ भन्ने व्यवहारले अर्को ठूलो घटक माओवादीको मन दुखाउने काम भएको गुनासो गरेको छ।
माओवादी केन्द्रले पनि अर्थ मन्त्रालयमा दावी गर्दै आएको छ। तर, भौतिक पुर्वाधार भए पनि माओवादी चित्त बुझाउने पक्षमा रहेको स्रोतले जनाएको छ। तर भौतिकमा स्वतन्त्र सांसद दीपक मनाङेको पनि दावीले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली अप्ठ्यारोमा परेका छन्।
गण्डकीमा ११ वटा मन्त्रालयमध्ये कांग्रेस र माओवादी केन्द्रले ४/४ जसपा २ र एउटा मन्त्रालय मनाङेलाई दिने सहमति छ। २ सिट भएको र गठबन्धनलाई सघाएको जनमोर्चाले भने सरकारमा नजाने घोषणा गरिसकेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ असार २०७८, १३ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दीपक मनाङेले लिए सर्वोच्चबाट पुनरावलोकनको निवेदन फिर्ता
विपद् न्यूनीकरणमा एकजुट हुन मुख्यमन्त्री पाण्डेको आग्रह
पोखरामा निर्माण भएको गोदामघर प्रदेशलाई हस्तान्तरण
गण्डकी प्रदेश मातहतका अस्पताल स्तरोन्नति गरिँदै
गण्डकी प्रदेशद्वारा वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्द्धन कार्यक्रम लागू
त्रिवेणी-दुम्किबास सडक खोल्न प्रदेशले पहल गरिरहेको : मुख्यमन्त्री पाण्डे