महाकाली नदीमा बाढी, कञ्चनपुरका केही बस्ती डुबानमा

सफल खबर संवाददाता

शनिबार, ०५ असार २०७८, १२ : २९
महाकाली नदीमा बाढी, कञ्चनपुरका केही बस्ती डुबानमा

धनगढी । अविरलको वर्षासँगै महाकाली नदीमा बाढी आएपछि कञ्चनपुरका केही बस्ती डुबानमा परेका छन् । बाढीका कारण नदी बस्ती तिर आएपछि कञ्चनपुरको भीमदत्त नगरपालिकाको केही बस्ती डुबानमा परेका हुन्। बाढीले भीमदत्त नगरपालिका १२ स्थित ऐरी घाटको बस्ती डुबानमा परेको हो।

ऐरी बस्तीको १० घर डुबानमा परेको र उद्दारको काम भइरहेको भीमदत्त नगरपालिका १३ का वडाअधयक्ष लालबहादुर शाहीले जानकारी दिए। महाकाली नदीमा पानीको बहाव बढेपछि महाकालीमा निर्माणधीन ४ लेन पुलको ड्याम समेत भत्काएको अध्यक्ष शाहीले जानकारी दिए ।

ड्याम भत्काएपछि आवतजावत समेत बन्द भएको छ। अहिले पनि नदीमा पानीको बहाव बढ्दो क्रममा रहेको स्थानीयले बताएका छन्। कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले सम्भावित क्षतिलाई मध्यनजर गरी उद्दार टोली तयारी अवस्थामा राखिएको बताए। शनिबार बिहानसम्म महाकाली नदीमा पानीको स्तर १ लाख ६६ हजार क्वीसेक मापन गरिएको थियो।

प्रतिक्रिया दिनुहोस