मेलम्ची खोलामा मिसियो ईलाका प्रहरी कार्यालयको भवन

सफल खबर संवाददाता

शनिबार, ०५ असार २०७८, ०९ : ४३
मेलम्ची खोलामा मिसियो ईलाका प्रहरी कार्यालयको भवन

काठमाडौं । अविरल वर्षासँगै मेलम्चीमा आएको बाढीले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा रहेको ईलाका प्रहरी कार्यालयको भवन खोलामै ढलेको छ । 

मंगलवार आएको बाढीले जोखिममा पारेको भवन शुक्रवार रातिको बाढीले खोलामा मिसाएको जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकले जनाएको छ । कार्यालयका अनुसार हिजो रातिको बाढीले भवन खोलामा मिसिएको हो ।
 

प्रतिक्रिया दिनुहोस