नेपाली कांग्रेस केन्द्रीय समिति बैठक सुरु

सफल खबर संवाददाता

शुक्रबार, ०४ असार २०७८, १६ : २७
नेपाली कांग्रेस केन्द्रीय समिति बैठक सुरु

file-photo

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ । दिउँसो एक बजेका लागि बोलाइएको बैठक तीन बजेपछि सुरु भएको हो ।कांग्रेसको १४ औं महाधिवेशनको संशोधित कार्यतालिका अनुमोदन गर्न बैठक बसेको नेताहरुले बताएका छन् । कांग्रेसले भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने गरी आन्तरिक कार्यतालिका परिमार्जन गरेको छ ।

Yeti Diistillery Tansen Cement box

बिहीबारको बैठकमा महामन्त्री पूर्ण बहादुर खड्काले महाधिवेशको संशोधित कार्यतालिका पेश गरेका थिए । संशोधित कार्यतालिका अनुसार साउन १२ गते वडा अधिवेशन, साउन १६ मा गाउँरनगर अधिवेशन र साउन २० गते प्रदेश क्षेत्रीय अधिवेशन गर्ने प्रस्ताव गरिएको छ ।

त्यस्तै प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन साउन २३ गते हुने कार्यतालिकामा उल्लेख छ ।दुईभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन साउन २६ र प्रदेश अधिवेशन भदौ १ र २ गते हुने गरी कार्यतालिका संशोधन गरिएको छ । त्यस्तै क्रियाशील सदस्यता टुंग्याउन असार मसान्तसम्मको समय प्रस्ताव गरिएको छ ।

प्रतिक्रिया दिनुहोस