पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले प्रदेशसभामा विश्वासको मत मागेका छन् । विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्दै मुख्यमन्त्री पोखरेलले राजनीतिक स्थायित्व र संघीयताको सुदृढीकरणका लागि आफूलाई विश्वासको मत दिन अनुरोध गरे ।
‘यो सरकारले विश्वासको मत नपाउँदा प्रदेशसभा नै दुर्घटनामा पर्ने अवस्था आउने भएकोले त्यस्तो संवैधानिक अप्ठ्यारो आउन नदिन पनि मलाई विश्वासको मत दिनुहुन अनुरोध गर्दछु’, मुख्यमन्त्री पोखरेलले भने । उनले सरकार गठनको १ सातामै नीति तथा कार्यक्रम र बजेटमार्फत लोककल्याणकारी योजना ल्याउन सफल भएको दावी दावी गरे ।
‘नीति तथा कार्यक्रम र बजेटमा राखिएका लोककल्याणकारी योजनाको सफल कार्यान्वयनका लागि मलाई विश्वासको मत दिन अनुरोध गर्दछु’, पोखरेलले भने । उनले आफूलाई समर्थन गर्ने गठबन्धनका दलबाहेक प्रतिपक्षमा रहेका दललाई पनि सरकारलाई समर्थन गरेर सकारात्मक सन्देश दिन अनुरोध गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ असार २०७८, १२ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री शाहले गरे गण्डकी प्रदेशका प्रतिनिधि सभा सदस्यहरूसँग छलफल
प्रलोपाका गण्डकी प्रदेश अध्यक्ष शर्मा नेकपामा समाहित
लक्षचण्डी विराट महायज्ञमा गण्डकी प्रदेश सरकारले सहयोग गर्ने
यी हुन् खारेज भएका र गाभिएका सरकारी निकाय (सूचीसहित)
गण्डकीका ७ निर्देशनालय खारेज, १८५ कर्मचारीको दरबन्दी कटौती
गण्डकीमा घट्दै बर्खे धान खेती