काठमाडौं । नेपाली सेना अविरल वर्षाबाट देशका विभिन्न भागमा भएको बाढीपहिरो र डुबान प्रभावित क्षेत्रमा खोज र उद्धारमा जुटिरहेको छ। सेनोले मेलम्ची बाढीपहिरो प्रभावितका लागि संघसंस्थाबाट प्राप्त राहत सामग्री हेलिकप्टरद्वारा काठमाडौंँबाट मेलम्चीसम्म ढुवानी गरी वितरण गरेको छ ।
बाढीका कारण भत्किएका÷पुरिएका ११ घरबाट सामान निकाली सुरक्षित स्थानमा स्थानान्तरण गर्न सेनाले सहयोग सहयोग गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । काभ्रेपलाञ्चोक तैनाथ सुरक्षा पोष्ट अम्बाथानबाट खटिएको टोलीले एक नेपाली र ३ चिनियाँको उद्धार गरेको जनाइएको छ ।
मनाङको चामेस्थित सिरनतालबाट २४ र थोंचेबाट ११ बाढीपहिरो प्रभावितलाई सुरक्षित स्थानमा पु¥याइएको छ । म्याग्दीको मंगला गाउँपालिका–४ मा पहिरामा पुरिएर सिकिस्त घाइते भीमकला बुढा मगरलाई थप उपचारका लागि हेलिकप्टरद्वारा पोखरा ल्याइएको सेनाले जनाएको छ ।
सल्यानको शारदा नगरपालिका–६ बरलास्थित शारदा खोलाको वहाव बढेपछि खेतमा काम गरिरहेका किसान फसेको हुंँदा खोला पार गर्न पनि सेनाले सहयोग गरेको छ । मुस्ताङको घबरजंग गाउँपालिका–५ र गुल्मीको रेसुङ्गा नगरपालिका–२ का बासिन्दाका घरमा पहिराले क्षति पु¥याएकामा सेनाले उद्धार गरेको थियो ।
कास्कीको मादी गाउँपालिका–२ मा निर्माणाधीन सुपरमादी जलविद्युत् आयोजनाको कलबन्दीमा सुरुङ्ग निर्माणमा संलग्न अलपत्र परेका १६० जनालाई उद्धार गरी सुरक्षित स्थानमा पु¥याउन सहयोग गरिएको निर्देशनालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, ०३ असार २०७८, २१ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाली सेनाको प्रवक्तामा सहायकरथी केसी
नेपाली सेनाको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न
सैनिक मञ्चमा नेपाली सेनाको हर्ष बढाइँ
प्रधानमन्त्रीद्वारा हेटौँडा कपडा उद्योग पुनः सञ्चालनबारे नेपाली सेनासँग छलफल
प्रदर्शनीमा राख्न ट्रकमा राखेर जंगीअड्डा पुर्याइयो सैनिक हेलिकोप्टर
नेपाली सेनाले गर्यो ऐतिहासिक मालागढीको सरसफाइ