तीन दिनपछि सिद्धार्थ राजमार्ग एकतर्फी खुल्यो

सफल खबर संवाददाता

विहीबार, ०३ असार २०७८, १५ : ५७
तीन दिनपछि सिद्धार्थ राजमार्ग एकतर्फी खुल्यो

बुटवल । पहिरोले तीन दिनदेखि अवरुद्ध सिद्धार्थ राजमार्ग आज दिउँसो ३ बजेपछि  एकतर्फी खुलेको छ । पहिरोले सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्डको तानसेन नगरपालिका–८, गौडेपुल नजिकै बगाएको झण्डै ५० मिटर बगाएपछि अवरुद्ध भएको सडकको पहिरो सडक कार्यालयमा डोजरले हटाएपछि एकतर्फी रुपमा खुलेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका डीएसपी डिल्लीनारायण पाण्डेले बताए ।

तीन दिनदेखि मालवाहक ट्रक, दाङ, बाँके बर्दियाका मजदुर घर लिएर हिँडेका सवारी साधन अहिले आ आफ्नो गतन्यमा लागेका छन् । यता मंगलबार मध्यान्हदेखि महेन्द्र राजमार्गको रुपन्देहीको देवदह चरंगे नजिकै डाइभर्सन गरेको सडक भासिएर राजमार्ग अवरुद्ध  भएको सडक पनि खुलाउने प्रयास भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस