युरो कप

नकआउट चरण पुग्ने पहिलो टोली इटाली

एजेन्सी

विहीबार, ०३ असार २०७८, ०८ : ०५
नकआउट चरण पुग्ने पहिलो टोली इटाली

एजेन्सी । इटालीले बुधबार स्विट्जरल्यान्डलाई ३–० ले हराएको छ । इटालीका लागि म्यानुएल लोकाटेलीको दुई तथा सिरो इमोबाइलको एक गोल गर्न सफल भए । यससँगै इटाली युरो २०२० को नकआउट चरण पुग्ने पहिलो टिम बनेको छ ।

समूह एको खेलमा ससुलोका मिडफिल्डर लोकाटेलीले २६औं मिनेटमा पहिलो गोल गरे भने दोस्रो हाफको सुरुमा इमोबाइलले दोस्रो गोल थपे ।खेलको ८९औं मिनेटमा लोकाटेलीले तेस्रो गोल थपे ।

यो जितपछि रोबर्टो मानचिनीको टिम ६ अंकसहित आफ्नो समूहको शीर्ष स्थानमा छ । युरोमा ६ गोल गरिसकेको इटालीले गर्दै अहिलेसम्म कुनै गोल खाएको छैन । इटालीको यो लगातार दसौं जित हो । उसले अन्तिम पटक विपक्षीलाई गोलको अवसर दिएयता आफैं ३१ गोल गरिसकेको छ ।

इटालीलाई वेल्समाथि दुई अंकको अग्रता प्राप्त छ । वेल्सले यसअघि टर्कीलाई २–० ले हराएको थियो । समूहमा स्विट्जरल्यान्डको एक अंक छ भने लगातार दुई खेलमा हार बेहोरेको टर्की अंकविहीन छ । अब इटालीले वेल्सविरुद्ध हुने आफ्नो अन्तिम खेलमा हार टार्न सफल रहे । त्यो नतिजा समूहको शीर्ष स्थान कब्जा गर्न पर्याप्त हुनेछ ।

प्रतिक्रिया दिनुहोस