विपद् व्यवस्थापन कार्यकारी समितिको बैठक सिंहदरबारमा सुरु

सफल खबर संवाददाता

बुधबार, ०२ असार २०७८, १२ : १६
विपद् व्यवस्थापन कार्यकारी समितिको बैठक सिंहदरबारमा सुरु

काठमाडौं । मनसुन सुरु भएसँगै जनधनको क्षति हुने गरि प्राकृतिक विपत्तिका घटना हुन थालेपछि विपद् व्यवस्थापन कार्यकारी समितिको बैठक सिंहदरबारमा सुरु भएको छ । मंगलबार सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु लगायत मुलुकका अन्य भूभागमा बाढीपहिरोका घटना भएपछि आवश्यक कार्ययोजना बनाउन समितिको बैठक बस्न लागेको हो ।

मन्त्रालयमा बसेको बैठकले उद्धार, राहतसहित प्राकृतिक विपत्तिसँग जुध्नेबारे प्रतिकार्य योजना बनाउने समितिका सूचना अधिकारी मालती पन्तले जानकारी दिइन् । बैठकमा बाढी पहिरोले प्रभावित बनेको क्षेत्रको अवस्था, पीडितलाई क्षतिपूर्ति र अब अपनाउनुपर्ने कामका विषयमा छलफल भइरहेको पन्तले जानकारी दिइन् ।

अविरल वर्षाका कारण मेलम्चीमा आएको बाढीले बगाएको ७ जनाको मत्यु भएको छ भने थप बेपत्ता भएका छन् । मनाङ, बागलुङ, कास्की, म्याग्दी लगायतका पहाडी भूभागमा बाढीपहिरो जाँदा दर्जनौं विस्थापित भएका छन् भने सडक संजाल अवरुद्ध भएको छ ।

प्रतिक्रिया दिनुहोस