सभामुख सापकोटा र स्वास्थ्य मन्त्री तामाङ सिन्धुपाल्चोकको बाढी पहिरो निरिक्षण गर्न जाँदै

सफल खबर संवाददाता

बुधबार, ०२ असार २०७८, ११ : २८
सभामुख सापकोटा र स्वास्थ्य मन्त्री तामाङ सिन्धुपाल्चोकको बाढी पहिरो निरिक्षण गर्न जाँदै

काठमाडौं । अविरल वर्षासंगै आएको बाढीले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुमा ठुलो धनजनको क्षति भएलगत्तै सभामुख अग्निप्रसाद सापकोटा र स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ सिन्धुपाल्चोक जाने भएका छन् । त्यहाँका बाढी पहिरो प्रभावित क्षेत्रको स्थलगत अनुगमनका लागि उनीहरु आज जान लागेका हुन् ।

दुवैजना स्थलमार्ग हुँदै सिन्धुपाल्चोक जान लागेको हुन् । । मंगलबार साँझ मेलम्ची र हेलम्बुमा आएको बाढी–पहिरोले व्यापक क्षति पुर्याएको छ । मेलम्ची खोला उर्लिंदा बस्ती डुबानमा पर्नुका साथै घर र पुलहरू बगाएको छ ।  दुई पक्की मोटरबेलसहित आधा दर्जन झोलुंगे पुल र घर बगेको विवरण छ । 

यस्तै हेलम्बुमा आठवटा ट्राउट माछा फर्म, नाकोते पुल, तिम्बु, चनौटे बजार, खेतीयोग्य जमिन, आमाह्योल्मो बसपार्क, सिटी पार्क बगाएको छ । ठाँउठांउमा सडकहरु पनि भत्किएकाले यातायात सम्पर्क विच्छेद भएको छ । बाढीले बगाउँदा हाल सम्म ७ जनाको मृत्यु भएको छ। भने कयौं बेपत्ता भएका छन् । 

प्रतिक्रिया दिनुहोस