काठमाडौं । पानी लगातार परेपछि आएको भीषण बाढीले सिन्धुपाल्चोकले फेरि दुखद घटना ब्यहोरेको छ ।
मेलम्ची र इन्द्रवती नदीमा आएको बाढीले ५० औं जना बेपत्ता भएको, मेलम्ची खानेपानी ड्याम समाप्त गरेको र तिम्वु बजार, चनौटे बजार , तालामाराड बजार, मेलम्ची बजारलाई क्षतविक्षत बनाएको स्वाथ्यमन्त्री शेरवहादुर तामाडले जानकारी दिएका छन् ।
बाढीले नाकोते पुल, लिम्बु पुल, फटटे पुल, मेलम्ची पुल, बाहुनेपाटी पुल, ढाँडखोला पुल सम्पूर्ण रुपले बगाएको छ ।
नदी किनाराका सम्पूर्ण संरचना ध्वस्त भएर अरवौंको क्षति पुगेको मन्त्री तामाडले जानकारी दिए । घटनाको सम्पूर्ण विवरण आईसकेको छैन ।
हेर्नुहोस मन्त्री तामाडले घटना बारे दिएका जानकारी
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ असार २०७८, ०७ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मेलम्ची खानेपानी वितरण बन्द
बागमती नदीमा छाडियो मेलम्चीको पानी