प्रदेश २ : कोभिड रोकथाम तथा नियन्त्रणका लागि २० करोड विनियोजन

सफल खबर संवाददाता

मंगलबार, ०१ असार २०७८, १७ : ११
प्रदेश २ : कोभिड रोकथाम तथा नियन्त्रणका लागि २० करोड विनियोजन

जनकपुरधाम । प्रदेश २ सरकारले कोभिड रोकथाम तथा नियन्त्रणका लागि आवश्यक औषधि खरिद गर्न २० करोड रुपैयाँ विनियोजन गरेको छ । आर्थिक वर्ष २०७८/०७९ का लागि सदनमा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले सो कुरा बताएका हुन् ।

उनले प्रदेशका सबै जनतालाई खोप उलब्ध गराउने घोषणा पनि गरेका छन् । जनकपुरस्थित मणिपाल शिक्षण अस्पताल र मधेस स्वास्थ्य विज्ञापन प्रतिष्ठानमा आवश्यक उपचारकका लागि ९ करोड बजेट उपलब्ध गराएको उनले जानकारी दिए ।

मन्त्री यादवले प्रदेश २ का अस्पतालहरुमा मृगौला विरामीको चाप बढ्दै गएकाले ३५ वटा डायलसिस मेसिन खरिद गर्न १२ करोड रुपैयाँ विनियोजन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस