काठमाडौं। जनता समाजवादी पार्टी (ठाकुर समूह) ले कार्यकारणी समिति विस्तार गरेको छ। सोमबार अध्यक्ष ठाकुरले १६ कार्यकारणी सदस्य थप गरेका छन्। ५१ सदस्यीय कार्यकारणी समितिमा उपेन्द्र पक्षमा ३५ जना सदस्य रहेका छन् । जसपाकै अर्को समुह उपेन्द्र यादवसंग विवाद बढिरहेकै बेला ठाकुर समुहले कार्यकारिणी समिति बिस्तार गरेको हो ।
आफ्नो बहुमत पुर्याउनकै लागि अध्यक्ष ठाकुरले सोमबार कार्यकारणी समितिमा सुरेन्द्र झा, सुरेश मण्डल, राजीव झा, अभिराम शर्मा, परमेश्वर साह, कृष्णा सिंह, डा.विजयकुमार सिंह, सन्तवीर महतो, उमाशंकर अरगरिया, विमल श्रीवास्तव, रमेश पटेल, एकवाल मियाँ, विजय उपाध्याय, शतरजित यादव, मुकेश झा र उपेन्द्र महतोलाई सामेल गरेर कार्यसमिति विस्तार गरेको बताइएको छ। ५१ सदस्यीय कार्यकारणी समितिमा १६ जना थप गरि ६७ सदस्यीय भएको छ।
सरकारमा जाने नजाने विषयमा पार्टीका दुई अध्यक्ष उपेन्द्र यादव र महन्थ ठाकुरबिच देखिएको विवाद पछि पार्टी अध्यक्ष उपेन्द्र यादवले कार्यकारणी समितिको बैठकवाट महन्थ ठाकुर सहित ४ नेतालाई कारवाही अगाडी बढाएका थिए। निर्वाचन आयोगमा दुवै समूहले एकले अर्कालाई लिष्टबाट हटाउने दिएको निवेदन अनुसार आइतबार कसैको आधार नपुगेको भन्दै यथास्थितिमा रहन आदेश दिएको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ असार २०७८, ०९ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा आन्तरिक विवादमा नफसे सरकार पाँच वर्ष टिक्न सक्ने जसपाको विश्लेषण
जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपामा प्रवेश
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपा र जसपावीच पार्टी एकताका लागि आज निर्णायक वार्ता
पार्टी एकताबारे नेकपा र जसपाबीच आज पनि वार्ता हुँदै
जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्दै