काठमाडौं। जनता समाजवादी पार्टी (ठाकुर समूह) ले कार्यकारणी समिति विस्तार गरेको छ। सोमबार अध्यक्ष ठाकुरले १६ कार्यकारणी सदस्य थप गरेका छन्। ५१ सदस्यीय कार्यकारणी समितिमा उपेन्द्र पक्षमा ३५ जना सदस्य रहेका छन् । जसपाकै अर्को समुह उपेन्द्र यादवसंग विवाद बढिरहेकै बेला ठाकुर समुहले कार्यकारिणी समिति बिस्तार गरेको हो ।
आफ्नो बहुमत पुर्याउनकै लागि अध्यक्ष ठाकुरले सोमबार कार्यकारणी समितिमा सुरेन्द्र झा, सुरेश मण्डल, राजीव झा, अभिराम शर्मा, परमेश्वर साह, कृष्णा सिंह, डा.विजयकुमार सिंह, सन्तवीर महतो, उमाशंकर अरगरिया, विमल श्रीवास्तव, रमेश पटेल, एकवाल मियाँ, विजय उपाध्याय, शतरजित यादव, मुकेश झा र उपेन्द्र महतोलाई सामेल गरेर कार्यसमिति विस्तार गरेको बताइएको छ। ५१ सदस्यीय कार्यकारणी समितिमा १६ जना थप गरि ६७ सदस्यीय भएको छ।
सरकारमा जाने नजाने विषयमा पार्टीका दुई अध्यक्ष उपेन्द्र यादव र महन्थ ठाकुरबिच देखिएको विवाद पछि पार्टी अध्यक्ष उपेन्द्र यादवले कार्यकारणी समितिको बैठकवाट महन्थ ठाकुर सहित ४ नेतालाई कारवाही अगाडी बढाएका थिए। निर्वाचन आयोगमा दुवै समूहले एकले अर्कालाई लिष्टबाट हटाउने दिएको निवेदन अनुसार आइतबार कसैको आधार नपुगेको भन्दै यथास्थितिमा रहन आदेश दिएको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ असार २०७८, ०९ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जसपा नेपालको कोशी र मधेश प्रदेश समितिमा नयाँ नेतृत्व
उपेन्द्र नेतृत्वको जसपाले विचार मिल्ने दलसँग एकता र जेनजीसँग सहकार्य गर्ने
यथास्थितिमा हुने निर्वाचनले जेन जेडको मागको सम्बोधन नगर्ने भन्दै संविधान पुनर्लेखन गर्न जसपाको माग
प्रधानमन्त्रीलाई जसपाको तीन दिने अल्टिमेटम, मन्त्री नफेरे आफै फिर्ता बोलाउने चेतावनी
आजबाट देशभर सहर केन्द्रित आन्दोलनमा जसपा
जसपा नेपालले लियो सरकारलाई दिएको समर्थन फिर्ता