गर्भवतीलाई बारबर्दियाको उपहार, दुध सङ्कलन केन्द्रमा अनुदान

रासस

सोमबार, ३१ जेठ २०७८, १८ : २८
गर्भवतीलाई बारबर्दियाको उपहार, दुध सङ्कलन केन्द्रमा अनुदान

बर्दिया । सुनौला हजार दिनका आमा तथा गर्भवतीलाई बारबर्दिया नगरपालिकाले  बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत उपहार वितरण गरेको छ ।

नगरपालिका नगरप्रमुख दुर्गाबहादुर थारुले पालिकाका विभिन्न सय जना गर्भवतीलाई उपहार वितरण गरिएको बताए । पालिकाले उपहारस्वरुप प्रत्येक सुत्केरीलाई किटनासक झुल, घ्यु, सेनिटाइजर, मास्कलगायतको उपहार सामग्री दिएको हो  ।

नगरका उपप्रमुख अञ्जु दहितले उनीहरुलाई पोसिलो खाना र स्वास्थ्य सुरक्षा सामग्रीसहितको उपहार प्रदान गर्न शुरु गरेको बताइन् । कोरोना महामारी संक्रमण फैलिने क्रममा रहिरहेका बेला गर्भवतीलाई नगरपालिकाले पोसिलो खाना र स्वास्थ्य सुरक्षा सामग्री दिइएको बताइन् । यो कार्यक्रम वडा नं. १, २, ४ र ५ मा लागु भएको छ । 

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख डिल्लीराज शर्माले पोसिलो  खाना खाएमा बच्चाको दिमाग  र शरीरको वृद्धि विकास हुने बताए । यसैगरी, सो नगरपालिकाले दुध संकलन केन्द्रमा दुई लाख बराबरको अनुदानको सामग्री वितरण वितरण गरेको छ ।

केन्द्रमा स्टपलाईजर, दराज, टेवल, कुर्सीहरु हस्तान्तरण गरिएको हो । नगरप्रमुख थारुले दुध उत्पादन किसानहरुले गर्ने त्यसको व्यवस्थापन र बजारीकरणका लागि आर्थिक रुपमा थप सहयोग नगरपालिकाले गर्ने बताए । 
 

प्रतिक्रिया दिनुहोस