आजको मौसम : देशभर मनसुन सक्रिय, केही स्थानमा भारी वर्षाको अुनमान

सफल खबर संवाददाता

सोमबार, ३१ जेठ २०७८, ०७ : ३९
आजको मौसम : देशभर मनसुन सक्रिय, केही स्थानमा भारी वर्षाको अुनमान

काठमाडौं । सोमबार देशभरी मनसुनी वायुको प्रभाव रहेको छ भने त्यसका कारण हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका एक–दुई स्थानहरुमा वर्षा भईरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  

महाशाखाले सोमबार दिनभर देशभर सामान्यदेखि पूर्ण बदली रहने अनुमान गरेको छ । यस्तै देशका धेरै  स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र प्रदेश नं १, प्रदेश नं २, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका एकदुई स्थानहरुमा भारी बर्षाको समेत सम्भावना छ ।

यसैगरी रातिपनि  देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । यस्तै देशका धेरै स्थानहरुमा मेघगर्जनरसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका एक दुई स्थानहरुमा भारी बर्षाको समेत सम्भावना रहेको महाशाखाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस